प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा
काठमाडाैँ । नेपाल कम्युिनष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहको स्थायी कमिटीको बैठक पेरिसडाँडामा बसेको छ।
आइतबार दिउँसो १ बजेपछि पार्टीको आगामी रणनीति र आन्दोलनबारे छलफल गर्न बैठक बसेको हो।
प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
तत्कालीन नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमध्ये २९ जना प्रचण्ड-नेपाल समूहमा छन्। उनीहरूले केही दिनअघिमात्रै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाएका थिए।
प्रचण्ड-नेपाल समूहले शनिबारमात्रै ओली सरकारको कदमविरूद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
यो आन्दोलन एक महिना लामो समयसम्म हुने नेकपाले जनाएको छ।
शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्।
संविधान र लोकतन्त्र रक्षाका निम्ति दोस्रो चरणको आन्दोलन गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने।
वर्तमान सरकारले संविधानमा हमला गर्दै लोकतन्त्रिक मूल्य मान्यतालाई क्षतविक्षत पारेको उनले बताए। सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद पुनर्गठनजस्ता काम जारी राखेको उनले बताए।
‘असंवैधानिक कदमलाई असफल पारी पूर्ण प्रतिगमनलाई निस्तेज नपारेसम्म आन्दोलन जारी राखिने छ,’ उनले भने।
प्रचण्ड-नेपाल पक्षले आन्दोलनको कार्यतालिका पनि सार्वजनिक गरेको छ।
- पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
- पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन
- पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया
- २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
- २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
- २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
- २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
- २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
२९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला - ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा
- ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा
- १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल र्याली
- १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा
- २२ माघमा वडा तहमा मसाल जुलुस
- २३ माघमा राजधानीमा विरोध प्रदर्शन
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












