प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा
काठमाडाैँ । नेपाल कम्युिनष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहको स्थायी कमिटीको बैठक पेरिसडाँडामा बसेको छ।
आइतबार दिउँसो १ बजेपछि पार्टीको आगामी रणनीति र आन्दोलनबारे छलफल गर्न बैठक बसेको हो।
प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
तत्कालीन नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमध्ये २९ जना प्रचण्ड-नेपाल समूहमा छन्। उनीहरूले केही दिनअघिमात्रै पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाएका थिए।
प्रचण्ड-नेपाल समूहले शनिबारमात्रै ओली सरकारको कदमविरूद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
यो आन्दोलन एक महिना लामो समयसम्म हुने नेकपाले जनाएको छ।
शनिबार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन्।
संविधान र लोकतन्त्र रक्षाका निम्ति दोस्रो चरणको आन्दोलन गर्नुपर्ने निष्कर्षमा पार्टी पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र प्रतिगामी निर्णयका विरूद्ध विभिन्न दलहरूसँग छलफल गरे पनि निर्णय आइनसकेको अवस्थामा दोस्रो चरणको आन्दोलन घोषणा गरिएको छ,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने।
वर्तमान सरकारले संविधानमा हमला गर्दै लोकतन्त्रिक मूल्य मान्यतालाई क्षतविक्षत पारेको उनले बताए। सरकार कामचलाउ भए पनि मन्त्रिपरिषद पुनर्गठनजस्ता काम जारी राखेको उनले बताए।
‘असंवैधानिक कदमलाई असफल पारी पूर्ण प्रतिगमनलाई निस्तेज नपारेसम्म आन्दोलन जारी राखिने छ,’ उनले भने।
प्रचण्ड-नेपाल पक्षले आन्दोलनको कार्यतालिका पनि सार्वजनिक गरेको छ।
- पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम
- पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन
- पुस २१ गते संघीय राजधानी र विभिन्न सहरी केन्द्रहरूमा राजनीतिक पार्टीहरूसँग अन्तरक्रिया
- २३ पुसमा नागरिक समाजसँग अन्तरक्रिया
- २४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने
- २६ पुसमा सडक संविधान वाचन व्याख्या कार्यक्रम
- २७ पुसमा सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला
- २८ पुसमा घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवम् प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने
२९ पुसमा निर्वाचन क्षेत्रस्तरीय कार्यकर्ता भेला - ३० पुसमा सबै वडामा विरोध प्रदर्शन र सभा
- ५ माघमा सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा
- १० माघमा राजधानी लगायतका सबै सहरी केन्द्रहरुमा मोटरसाइकल र्याली
- १६ माघमा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा
- २२ माघमा वडा तहमा मसाल जुलुस
- २३ माघमा राजधानीमा विरोध प्रदर्शन
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












