प्रधानमन्त्री ओलीको कार्यशैलीकै कारण नेकपा विभाजन : वामदेव गौतम
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको कार्यशैलीको कारणले पार्टी एकता संकटमा पुगेको बताएका छन्। राष्ट्रियसभा दोस्रो हिउँदे अधिवेशनमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्।
‘नेकपा विभाजित छ। कुनै औचित्य देख्दिनँ। पार्टी सचिवालयको नाताले धेरै कुरा उठाएँ। नेताहरूको कार्यशैलीमाथि पनि प्रश्न उठाएँ। तर, सुधार भएन’ उनले भने, ‘आफू विरोधीजस्तो मात्रै भएँ। अविश्वासको प्रस्तावमा आफ्नै पार्टीको नेताहरूलाई सोचेको थिइनँ।’
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदै गर्दा आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले नसोधेको गुनासो गरे। ‘पार्टी एकता जोगाउन अविश्वासको प्रस्ताव पटक पटक रोकेको थिए। तर, लैजाने बेलामा मलाई सोधिएन’ उनले भने, ‘पार्टीभित्र आरोप प्रत्यारोपको पत्र लैजाँदा समस्या समाधान हुने विश्वास लिएको थिएँ।’
प्रधानमन्त्री ओलीको कारणले पार्टीभित्र पटक-पटक समस्या निम्तिएको उनले बताए। ‘ओलीको कारणले पाटीभित्र समस्या भइरह्यो। मैले धेरैपटक अनुरोध गरे। कति ग्रह गर्नुभयो कति गर्नुभएन। उहाँले मलाई मित्रको रुपमा लिनुहुन्छ। अझै पनि लिन्छु’ उनले भने। प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको बताए।
‘मलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास भयो भने दुर्भाग्य हुन्छ भन्नुभयो। उहाँले पार्टी एकता जोगाउनका लागि राजीनामा दिनुपथ्र्यो। पार्टीभित्र अल्पमतमा परेपछि राजीनामा दिनुपर्छ’ उनले भने ‘कम्युनिस्ट आन्दोलनलाई जोगाउन चाहेको भएमा ओलीले राजीनामा दिनुपर्दथ्यो।’
सर्वोच्च अदालत पुगेपछि संसद विघटनको बिषयमा अहिले केही टुंगो नलाग्ने उनले बताए।
‘दुवै पक्षका नेताहरु एक अर्काविरुद्ध खनिएका छन्। म कतैपनि लाग्दिन। पार्टी एकतालाई पुन जोड्न सक्ने सम्भावनाका साथ लागिरहेको छु’ उनले भने।
गणतन्त्र नेपालको स्थापना गर्न र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न सकेमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ कम्युनिस्ट आन्दोलनमा लागेको समेत सुनाए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












