प्रधानमन्त्रीको प्रश्न : पूर्वन्यायाधीशले अदालतलाई धम्की दिन मिल्छ ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत नभएको बताएका पूर्वप्रधानन्यायाधीशहरुविरुद्ध आक्रोश पोखेका छन् ।
राष्ट्रियसभाको बैठकमा आइतबार उनले पूर्वप्रधानन्यायाधीशहरुमाथि आक्रोश पोखेका हुन् ।
केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि न्यायालयमै छुजस्तो ठानेको उनले बताए । “केही वर्ष न्यायालयमा जागिर खानेबित्तिकै अहिले पनि न्यायालयमै छुजस्तो ठानेर केही पूर्वन्यायमूर्तिहरु स्वतन्त्र न्यायालयलाई सडकमा ओरालेर लल्कार्दै हुनुहुन्छ,” उनले भने, “कस्तो न्याय दिनुभएछ आफ्नो समयमा भनेर मलाई अचम्म लाग्छ ।”
राजनीतिक पक्षधरताका हिसाबले पूर्वप्रधानन्यायाधीशहरुले काम गरेको, आफ्नै हैसियतको दुरुपयोग गरेर न्यायलयलाई दबाबमा पार्न खोजेको उनको आरोप थियो ।
त्यस्तै, ओलीले कुनै अधिवक्ता वर्तमान र भविष्य सम्झिएर फैसला गर्नुस् भनेर प्रधानन्यायाधीशलाई भन्नु धम्की भएको बताए । “न्याय गर्ने कुरामा वकालनामा भरेका वलिहरुले बहस गर्नु, अदालतले सहयोगीका रुपमा मानेको एमिकस क्युरीले बहस गर्नु, सरकारी वकिलले बहस गर्नु, स्वतन्त्र अधिवक्ताहरुले बहस गर्नु एउटा कुरा हुन्छ,” उनले भने, त्योभन्दा पृथक ढंगले अदालतलाई दबाब दिने, सडकबाट फैसला गर्ने ?”ओलीको प्रश्न थियो ।
उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न पनि आग्रह गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












