ओली समूहको अन्तर पार्टी निर्देशन- पार्टीमा विभाजनको आधार प्रचण्डको ‘आरोप पत्र’
काठमाडाैँ । केपी शर्मा ओली नेतृत्वको नेकपाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘आरोप पत्र’ नै पार्टी विभाजनको आधार बनेको ठहर गरेको छ।
ओली नेतृत्वको नेकपाले अन्तर पार्टी निर्देशन (अपानी)जारी गर्दै प्रचण्डले पार्टीमा विध्वंस मच्चाउन खोजेकोसमेत आरोप लगाएको छ। कात्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव राखेका थिए। ओली समूहले त्यसलाई आरोप पत्र भन्दै आएको छ।
‘भाषीक हिसाबले असाध्यै अमर्यादित, शैलीको हिसाबले अत्यन्त अशिष्ट र पूर्वाग्रही एवं विषयवस्तुका हिसाबले विभाजनकारी, विध्वंसात्मक र पार्टीभित्रको मित्रवत् अन्तरविरोधलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदलेको उक्त ‘प्रस्ताव’ को वितरणसँगै पार्टी गम्भीर सङ्कटमा धकेलिन पुग्यो,’ अपानीमा भनिएको छ,’नेताहरू त्यत्तिमै रोकिनुभएन, आफ्नो पार्टी अध्यक्षविरुद्ध पार्टी विधानमात्र होइन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोप लगाइएको उक्त अभियोगपत्रलाई पार्टी केन्द्रीय कार्यालय र लोगोको दुरूपयोग गर्दै राष्ट्रव्यापी वितरण गरेर पार्टीमा विभाजनको आगो सल्काउने काम गर्नुभयो। परिणामतः उक्त आरोप पत्र पार्टी विभाजनको आधार पत्र बन्न पुगेको छ।’
सीमित प्रतिनिधित्व र नेतृत्व परिवर्तनको म्यान्डेटसहितको ‘एकताको विशेष महाधिवेशन’ यथाशीघ्र आयोजना गर्न ‘प्रचण्ड’ लाई आग्रह गर्दा समेत नमानेको अपानीमा उल्लेख छ। छद्म सम्झौता गरेर जसरी पनि पार्टी र सरकारको नेतृत्व हत्याउने योजनामा प्रचण्ड-नेपाल समूह रहेकाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट बर्खास्त गर्ने भित्री अभियानमा लागेको आरोप ओली समूहले लगाएको छ।
‘कमरेडहरूले प्रथम अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटीमा निर्णयार्थ प्रस्तुत गर्ने आँट गर्नुभएन,’ अपानीमा भनिएको छ,’त्यसैगरी उहाँहरूले संसदीय दलको नेता परिवर्तन गरेर प्रधानमन्त्री परिवर्तन गर्ने सहज वैधानिक बाटो अवलम्बन गर्ने आँट गर्नु भएन। पार्टी तथा संसदका ती संरचनाहरू आफ्ना निजी स्वार्थ केन्द्रीत महत्वाकांक्षाका लागि सहयोगी बन्ने सम्भावना नदेखेपछि अँध्यारो कोठामा बसेर फर्जी हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव तयार गर्न र संसदमा दर्ता गर्न उद्दत हुनुभएको हो भन्ने कुरा छर्लङ्ग छ।’
प्रचण्डको सके पार्टी र सरकारको नेतृत्व कब्जा गर्ने, नभए पार्टी विभाजन गर्ने विभाजनकारी र विध्वंसकारी मनसाय नै अहिलेको परिस्थिति मुख्य रूपमा जिम्मेवार रहेको अपानिमा भनिएको छ।
प्रतिनिधि सभा विघटनसँगै मुलुक नयाँ परिस्थितिमा प्रवेश गरेको भन्दै ओली समूहले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरूले यसबाट अनुचित लाभ उठाउन सकिन्छ कि भनेर प्रयास गरिरहेको ठहर गरेको छ।
प्रतिनिधि सभा विघटनको निर्णयसँग असहमत नेपाली कांग्रेस लगायतका लोकतान्त्रिक प्रणालीमा विश्वास राख्ने राजनीतिक दलहरू क्रमशः निर्वाचन उन्मुख हुनेसमेत ओली समूहको विश्वास छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












