‘संयुक्त मोर्चा बनाएर सबैलाई स्वामित्व दिऊँ’: जनार्दन शर्मा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले संविधानको रक्षा र स्थायित्वको लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन्।
आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलले मात्र लिएकाले पछिल्लो समस्या आएको बताउँदै नेता शर्माले राजनीतिक स्थायित्वका लागि भन्दै सो प्रस्ताव गरेका हुन्।
पूर्व-गृहमन्त्रीसमेत रहेका नेता शर्माले सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी,पत्रकार तथा महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि सीमित राजनीतिक दलको हातमा परेकाले अहिले संविधानविरोधी कदम बेहोर्नु परेको बताए।
प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रममा नेता शर्माले भने, ‘आन्दोलन गर्दा राजनीतिक दलभन्दा बाहिरको ठूलो शक्ति (हिस्सा) पनि आन्दोलनमा थियो तर आन्दोलनपछि उपलब्धिको स्वामित्व लिदा त्यो हिस्सा अर्थात् शक्ति सबै छुट्न पुग्यो। सीमित राजनैतिक पार्टी अर्थात् नेताहरुले मात्र स्वामित्व लिएपछि अहिलेको समस्या आएको हो। यो गल्तीबाट सिक्ने र सच्याउने कुरा हो।’
‘यो बहसमा आउनुपर्छ र सच्याउनुपर्छ। नेपालको विकासको लागि बहुभाषिक, बहुसांस्कृतिक,बहुजाति, बहुक्षेत्र रहेको समाजमा यो सहअस्तित्वको कुरा छुटेको रहेछ। यो अहिले छुटेको महसुस भएको छ। यसलाई सच्याउनुपर्छ। समाजलाई नयाँ गति दिनुपर्छ। यो मेरो निजी विचार हो, बहसमा आउन जरुरी छ’ शर्माले थपे।
शर्माले संविधान बनाउँदा सबै पक्षलाई समेट्न नसक्नु कमजोरी भएको बताए। उनले भने, ‘त्यसकारण अब विभिन्न पक्षलाई समेटेर आन्दोलनका लागि संयुक्त मोर्चा बनाउन आवश्यक छ।’
उनले सबै पक्षलाई समेटेर बनाउने मोर्चा आगामी १० वर्षसम्म कायम रहनुपर्ने र त्यो मोर्चामार्फत स्थायित्वको लागि काम गर्नुपर्नेमा जोड दिए।
नेकपा एउटै भएको बताउँदै शर्माले कोही पार्टी छोडेर जानसक्ने तर पार्टी विभाजन गर्ने कुनै बाटो नभएको स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै पार्टी छोडेर जान सक्ने तर पार्टी विभाजन नहुने तर्क गरे।
‘उहाँहरुले पार्टी अस्ती नै गठन गरिसक्नु भयो, तर निर्वाचन आयोगले सूचीकृत गर्न नै सकिन्न भन्यो। ५ वर्षसम्म पार्टी फुटाउन मिल्दैन। त्यसकारण जनतालाई भ्रम दिन धम्की दिन गरेका कुरा मात्रै हुन्।’
शर्माले भने, ‘राष्ट्रघात गर्ने, संविधान नै नमान्ने कुरा पार्टीले स्वीकार गर्न सक्दैन। पार्टीको कार्यदिशा, नीति, बिधि पद्धती मान्नेहरु पार्टीभित्रै रहन सक्छन्। नमान्नेहरु कारबाही गरेर निकालिन्छन्।’
उनले थपे, ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णयमा हस्ताक्षर गरेसँगै प्रधानमन्त्रीको आयु सकिसकेको छ। उहाँको हातमा केही छैन, गाडीमा झण्डा हालेर धम्की दिएर हुनेवाला केही छैन।’
अर्को एक प्रसंगमा नेता शर्माले कर्णाली प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्। आवश्यक्ताका आधारमा सबैको प्रतिनिधित्व हुनेगरी मन्त्रिपरिषद् पुनर्गठन हुने बताए।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











