‘जनताको बहुदलीय जनवाद त्याग्ने ओलीनै हुन्, माधवले रोक्दै थिए’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरेको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘कदमकदमलाई मैले हेरेको छु । जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने माधव नेपाल होइनन्, केपी अोली नै हुन् ।’
पार्टी एकताका क्रममा मदन भण्डारी र जबजसँगै माओवादी आन्दोलनको कार्यदिशालाई बिर्सनु नहुने कुरामा जोड दिँदा दिँदै ओलीले राजनीतिक बेइमानी गरेको आरोप प्रचण्डले लगाए ।
‘पार्टी एकताको अन्तिम बैठकमा जबज र माओवादी आन्दोलनबारे छलफल भयो । हामी पूर्वएमालेको सिद्धान्त र नीतिलाई निषेध गर्ने पक्षमा थिएनौँ । पूर्वमाओवादीको नीतिलाई निषेध गर्ने कुरै भएन । दुवै आन्दोलनको मूल्यांकन हुनुपर्छ र साझा कार्यदिशा बनाउनुपर्छ भन्नेभयो’, प्रचण्डले भने, ‘कुरा नमिलेपछि फेरि ओली र म बसेर छलफल गर्दा मदन भण्डारी र जबजलाई छोडेर समाजवाद उन्मुख जनताको जनवादमा सहमति भयो । तर, यो इमान्दार ढंगले भएको होइन रहेछ । राजनीतिक बेइमानी यो भन्दा ठूलो अर्को देखेको छैन । प्रधानमन्त्री बन्नका लागि मात्र राजनीतिक सौदाबाजी गर्नु भएको रहेछ ।’
प्रचण्डले पार्टी विवादका नाममा संसद भंग गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको बताए । उनले पार्टीभित्र विवाद हुने र विवाद नभए पार्टी नै नरहने बताए।
‘पार्टी विवादका नाममा संसद भंग गर्ने संविधानमाथि आक्रमण गर्ने काम गर्नुभयो’, प्रचण्डले भने, ‘विवाद नभए पार्टी नै हुँदैन । पार्टीमा विवाद हुनु सामान्य कुरा हो । विवाद हुन छोड्यो भने पार्टी हुँदैन ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












