बालुवाटारमा ओलीको न्यानो स्वागत पाएपछि जी न्युजको अभियान-‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’
काठमाडाै । भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको छ ।
यो यही टोली हो जसलाई प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ताका लागि बालुवाटारमा न्यानो स्वागत गरेका थिए ।
भारतको नोयडास्थित स्टुडियोमा बसेर कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्ने जी न्युजको टोलीले सगरमाथामा दाबी प्रस्तुत गर्न भने सगरमाथा क्षेत्रमै पुग्ने अवसर पाएको छ । आश्चर्य के छ भने ५ कात्तिकमा ‘र’ प्रमुख सामन्तकुमार गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्रसम्मको भ्रमण गराएको छ।
सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी यसो भन्दै थिए–
मेरोअगाडि माउन्ट एभरेस्ट छ । मलाई विश्वासै लागेको छैन कि हामी यति नजिक आउन सक्छौँ । यो माउन्ट एभरेस्टको सबैभन्दा नजिकको बिन्दु हो । यसवेला हामी १७ हजार पाँच फिट उचाइमा छौँ । यस भागलाई कालापत्थर भन्छन् । यहाँ पछाडि हाम्रो हेलिकोप्टर छ । हामी हेलिकोप्टर लिएर यहाँ आयौँ । यो ठूलो कुरा हो । हामी यति उचाइमा छौँ कि मलाई सास फेर्न पनि कठिन भएको छ । हामी यहाँ बिल्कुलै एक्लै छौँ । हाम्रो आसपास अरू कोही छैन । म छु, मेरो क्यामरापर्सन छन् । हाम्रो पाइलट पनि छन् । तर, उनी हेलिकोप्टरमै छन् ।
‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु ।
म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।
यो माउन्ट एभरेस्ट आरोहण गर्ने दुई मार्ग छन्, एउटा नेपालको तर्फबाट, अर्को चीनतर्फबाट । खासमा तिब्बतबाट हो, तर तिब्बतलाई चीनले आफ्नो भनी दाबी गर्छ । त्यसैले यो शिखरभन्दा उतापट्टि चीनबाट पनि माउन्ट एभरेस्ट आरोहण गर्न सकिन्छ । यो बाटो पनि छँदै छ ।
आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टको के साइनो छ रु वर्ष १८५२ मा राधानाथ सिकदरले पहिलोपटक माउन्ट एभरेस्टको उचाइ मापन गरेका थिए । सर्भे अफ इन्डियाले उनलाई यो जिम्मेवारी दिएको थियो । उनलाई आदेश थियो– तपाईं जानुहोस् र माउन्ट एभरेस्टको उचाइ नापेर आउनुहोस् ।
राधानाथ सिकदर बंगालका प्रख्यात गणितज्ञ थिए । उनले माउन्ट एभरेस्टको उचाइ नापे । माउन्ट एभरेस्टको उचाइ नाप्ने उनी नै पहिलो व्यक्ति थिए । भारतमा त्यसवेला अंग्रेजको शासन थियो, त्यसैले उनीहरूले आफ्नो हिसाबले नाम राखिदिए । एन्ड्रयु वा जो जर्ज एभरेस्टका उत्तराधिकारीको रूपमा सर्भे अफ इन्डियाको प्रमुख थिए । उनले यो शिखरको नाम माउन्ट एभरेस्ट राखिदिए ।
हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।
म आज राधानाथ सिकदरलाई याद गर्दछु । तपाईंहरू सबैको तर्फबाट, पूरै भारतवासीको तर्फबाट । उनले नै यो शिखरलाई पहिलोपटक मापन गरेका हुन् । यति ठूलो काम उनले गरे । त्यसैले माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ ।’
सुधीर चौधरीले कालापत्थरमा अचानक भावुक भएर यो कुरा बोलेका होइनन्, उनले यसका लागि दिल्लीबाटै नोट बोकेर आएका थिए । ठीक एक महिनाअघि २ डिसेम्बरमा स्टुडियोबाट यही दाबीसहित विस्तृत रिपोर्ट बजाएका थिए । उनी त्यही अभियानअन्तर्गत नेपाल आएको बुझिन्छ । उनले कालापत्थरबाट ‘पिस टु क्यामेरा’ मात्र दिएनन्, स्टुडियोमा फर्किएर यो रिपोर्टको अन्त्यमा फेरि पनि सगरमाथामा भारतीय दाबी दोहोर्याए ।
‘तपाईंले माउन्ट एभरेस्टको स्मरणीय यात्रा देख्नुभयो । म त जीवनभर यो यात्रा भुल्न सक्दिनँ । हामीलाई विश्वास छ कि हाम्रो यो यात्राले तपाईंलाई माउन्ट एभरेस्टको सही अर्थ र महत्व बुझाउनेछ ।
तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’
यसरी नेपालका प्रधानमन्त्रीको अन्तर्वार्ता लिने भनेर नेपाल आमन्त्रण गरिएका भारतीय पत्रकारले सर्वोच्च शिखरमाथि नै दाबी प्रस्तुत गरेर नेपाली राष्ट्रियतालाई फेरि उद्वेलित गराएका छन् । यो विषय किन पनि गम्भीर छ भने जी न्युजको अन्यन्तै विवादापस्द पृष्ठभूमि हुँदाहुँदै पनि उनलाई देशका प्रधानमन्त्रीका सरकारी निवासमा न्यानो स्वागत गरिएको थियो ।
जी न्युजले नेपाली संवेदनशीलतामाथि निकै भद्दा आक्रमण गर्दै आएको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












