भारतका रक्षामन्त्री सिंहले भने : नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष भेटवार्ता भयो
काठमाडाैँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज (शनिबार) त्यहाँका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन्।
नयाँदिल्लीको अकबर रोडस्थित भारतीय रक्षामन्त्री सिंहको निवासमा मन्त्री ज्ञवालीले उनलाई शनिबार बिहान भेट गरेका हुन्।
परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटलाई भारतीय रक्षामन्त्री सिंहले विशेष भनेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिर ट्विटरमा राख्दै सिंहले लेखेका छन्, ‘आज नेपालका विदेशमन्त्री श्री प्रदीप ज्ञवालीसँग विशेष भेटवार्ता भयो। भारत-नेपालकाे सम्बन्ध सरकारमा मात्रै सीमित छैन। यो सम्बन्ध दुई देशका नागरिकबाट सञ्चालित छ। भारत-नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ।’ तर भेटमा के कुरा भयाे भन्ने विषयमा अहिलेसम्म केही खुलाइएकाे छैन।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने प्रयास गरिरहेका छन्। माेदीलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश सुनाउने उनकाे याेजना रहेकाे बताइएकाे छ।
मन्त्री ज्ञवाली आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












