भारतले इपिजीको प्रतिवेदन बुझ्नुपर्छ : मन्त्री ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन भारतले बुझ्नुपर्ने बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीले शनिबार विहान भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्।
प्रतिवेदनलाई अध्ययन गरेर क्रमशः कार्यान्वयनमा लैजानुपर्न उनले बताए। नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा ईपीजी गठन गरिएको थियो। ईपीजीको दुई वर्षे समयावधि २० असार २०७५ मा सकिएको हो।
गत वर्ष असार १५–१६ मा काठमाडौंमा बसेको इपिजीको अन्तिम बैठकले सुझावहरु समेटेर संयुक्त प्रतिवेदनलाई अन्तिम रूपमा दिएको थियो। सोही बैठकले प्रतिवेदनलाई टुंगो लगाउँदै दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको थियो। त्यसपछि मात्र प्रतिवेदन सार्वजनिक गर्ने सहमति भए पनि संयुक्त प्रतिवेदन तयार भएको साढे दुई वर्ष बितिसक्दा पनि भारतले प्रतिवेदन बुझ्न आनाकानी गर्दै आएको छ।
शुक्रबार नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा पनि नेपाली पक्षले यो विषयलाई उठाएको थियो। त्यसअघि भारतीय विदेश मन्त्री एस जयंशकरसँगको भेटमा पनि मन्त्री ज्ञवालीले ईपीजी मुद्दा उठाएका थिए। तर, ती दुवै छलफलमा भारतीय पक्षले ईपीजीको प्रतिवेदन बारेमा स्पष्ट जवाफ दिएको छैन।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












