ओलीको प्रष्टीकरण- ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला कुनै न्यायाधीशलाई नभेटेको प्रष्टीकरण दिएका छन् । नेकपा (ओली समूह) को प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा शनिबार ओलीले चार न्यायाधीशलाई भेटेको भन्दै गलत प्रचार गरिएको दाबी गरे ।
उनले न्यायाधीशहरुलाई भेटेको प्रमाण देखाउनसमेत चुनौती दिए । ‘फलानो फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ भेट्न गए । यति बजेदेखि यतिबजेसम्म यो भन्दा ठूलो झुठ, योभन्दा बढी बेइमानी के हुन सक्छ ? न्याय प्रणालीमाथिको जनताको विश्वास घटाउनका लागि न्यायप्रणालीमाथि यो गम्भीर प्रहार हो, यो भन्दा घिनलाग्दो के हुनसक्छ,’ उनले भने, ‘उहाँहरु यो कुरालाई प्रमाणित गरेर देखाउन सक्नु हुन्छ ? ती नाम गरेका न्यायाधीशजीहरुलाई मैले सायद कहिले पनि भेटेको छैन ।’
ओलीले थपे, ‘मैले निर्णय गर्दा सपना प्रधान मल्ललाई भेटेको थिएँ । सर्वोच्चको न्यायाधीश हुनुभन्दा अगाडि वकिल भएको बेला । यस्तै कार्यक्रममा देखेको हुँ । अरु न्यायाधीशहरुलाई देखेको पनि छैन । सायद चिनेको पनि छैन ।’
सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै शुक्रबार प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी शशी श्रेष्ठले उक्त आवाज उठाएकी थिइन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












