गरिब देशलाई खोप नदिए महामारी लम्बिने डब्लुएचओको चेतावनी
काठमाडाैँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि बढेको चेतावनी दिएको छ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका धनी देशका युवा तथा स्वस्थ व्यक्तिले खोप पाउँदा गरिब देशका जोखिमयुक्त व्यक्ति खोप बिहीन हुनु न्यायीक नभएको बताए ।
अहिलेसम्म विश्वका धनी ४९ देशले तीन करोड ९० लाख डोज पाउँदा एक गरिक देशले २५ डोज मात्रै पाएको डब्लुएचओका प्रमुख डा. टेडरोजले बताए।
कोरोना भाइरसविरुद्धको प्रयासलाई लिएर डब्लुएचओ र चीनको आलोचना हुँदै आएको छ।
डब्लुएचओले बनाएको स्वतन्त्र प्यानलले कोरोना भाइरसको महामारी चाँडै नै घोषणा गरिएको भए अवस्था केही सुधार हुने बताएको थियो।
अहिलेसम्म अमेरिका, बेलायत, चीन, भारत र रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएका छन् । यस्तै फाइजरको खोप पनि तयार भएको छ।
सबै खोप निर्माता तथा विकसित देशहरुले आफ्ना नागरिकलाई खोप लगाउनु पहिलो प्राथमिकतामा राखेका छन् ।
डा. टेडरोजले सोमबार डब्लुएचओको कार्यकारी बोर्डको बैठकमा भने, ‘विश्व गम्भीर नैतिक असफलताको किनारमा छ र यो असफलताको मूल्य विश्वका गरिब देशहरुले जीवन र जीविका मार्फत चुकाउनु पर्ने छ ।’
‘म पहिलो’ भन्ने रणनीतिले बाधा उत्पन्न गर्ने उनले बताएका छन् । यस्तो कार्यले महामारीलाई लम्ब्याउन सहयोग गर्ने चेतावनी उनले दिएका छन्।
कोभ्याक्स, अर्थात खोपमा विश्वव्यापी सहकार्यका लागि पूर्ण प्रतिबद्धताको खाँचो रहेको उनले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












