‘केपी ओली प्रतिगमनका प्रतिक हुन्’,ओरिजिनल एमाले मै हो: माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘असली’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् ।
मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए ।
माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अव कोही छैन एमाले र माओवादी । सबै एक भैसकेको छ, नेकपा भैसकेको छ’, उनले भने । अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्ध ४० बर्षदेखिको विश्वासको जगमा अडिएको पनि बताए ।
उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।
उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरेका छन् ।
‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के ? हामीले त यो संसद् विघटन मानेकै छैनौँ’, अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिए ।
‘कि काम चलाउ भन्नुस् कि अहिल्यै कुर्सी छोड्नुस्’ नेपालको भनाइ छ, ‘‘तर उहाँ छोड्नुहुन्न । भर्याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्याङ बनाउनुभयो । केपी ओलीमा चरम व्यक्तिवाद छ । सानो कोटरीमा रमाउनुहुन्छ । यही गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौँ । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस् छन् । एक दिनमा ३ जनालाई ३ पद दिने ।’
उनले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए ।
सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको भन्दै यसमा पत्रकारहरुको सकारात्मक भूमिका आवश्यक रहेको पनि नेपालले बताए ।
उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरुले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल्कराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालको भनाई छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












