काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा भोला थापा नियुक्त
काठमाडाैँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले थापालाई उपकुलपतिमा नियुक्त गरेको विश्वविद्यालय स्रोतले नजाएको छ। थापा विश्वविद्यालयका पूर्व रजिस्टार हुन्।
‘थापा सरलाई नियुक्तिका लागि पत्र तयार भइरहेको छ। त्यसका लागि उहाँ काठमाडौँ जानु भएको छ’ विश्वविद्यालय स्रोतले भन्यो।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा बनेको सिफारिस समितिले थापासहित तीन जनाको नाम सिफारित गरेको थियो। जसमा हालका उपकुलपति रामकण्ठ माकजु र बालचन्द्र लुँइटेलको नाम सिफारिस गरेका थिए।
थापा काठमाडौँ विश्वविद्यालको तेस्रो उपकुलपति हुन्। संस्थापक उपकुलपतिमा सुरेशराज शर्मा रहेका थिए।
तीन सदस्यीय सिफारिस समितिमा संस्थापक उपकुलपति शर्माको अतिरिक्त पूर्व सभामुख तथा विश्वविद्यालयका बोर्ड सदस्य दमनाथ ढुंगाना पनि रहेका थिए।
माकजु दुई कार्यकाल उपकुलपति भइसकेको भन्दै प्राध्यापक तथा कर्मचारीहरुले उनलाई नदोहोर्याउन सरकारसँग माग गरेका थिए।
को हुन् नवनियुक्त उपकुलपति थापा?
नव नियुक्त उपकुलपति थापा काठमाडौँ विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। यसअघि उनी विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।
उनले सन् २००४ मा नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका थिए। यसअघि भारतको पिलानीस्थित बिरला इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीबाट मास्टर्स र पञ्जाव इन्जिनियरिङ कलेजबाट बीई गरेका थिए। सन् १९९४ बाट उनले काठमाडौ विश्वविद्यालयमा सेवा सुरु गरेका हुन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












