` निर्वाचनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकार तयार छ, निर्वाचन रोक्छ कसले’: अर्थमन्त्री पाैडेल
एकाठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले निर्वाचन भएरै छाड्ने दावी गरेका छन्।
बिहीबार प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग, सुरक्षा निकाय र सबै राजनीतिक दलहरु निर्वाचनका लागि तयार रहेको उनले बताए।
‘दलहरु निर्वाचनमा जान तयार छन्, निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउनका निम्ति तयार छ, सुरक्षा निकाय सुरक्षा प्रदान गर्न तयार छन्’, उनले भने, ‘सरकारले निर्वाचनका दलागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्न तयार छ भने निर्वाचन हुँदैन कसरी?, निर्वाचन रोक्छ कसले’
उनले वैशाखमा निर्वाचन भएरै छाढ्ने दावी गरे। ‘आगामी वैशाखको १७ र २७ गते निर्वाचन भएरै छाड्छ, हामी ताजा जनादेशका आधारमा नयाँ जनप्रतिनिधि संस्थाको निर्माण गरेर छाड्छौँ। मुलुकलाई अगाडि लैजान्छौँ’, उनले भने।
महासचिव पौडेलले निर्वाचन रोक्ने धन्दामा नलागि निर्वाचनमा गएर जनताको फैसला स्वीकार गर्न नेकपाको प्रचण्ड–नेपाल समूहलाई आग्रह समेत गरे। उनले निर्वाचन हुँदैन भन्ने भ्रम र भय सिर्जना नगर्न समेत आग्रह गरे।
उनले केही व्यक्तिहरुले निर्वाचन आयोगलाई निर्वाचनको तयारी नगर्न धम्की दिएको उनले यस प्रकारको हास्यास्पद गतिविधि नगर्न आग्रह गरे।
‘ती साथीहरुलाई म निर्वाचन र निर्वाचनको सम्भावित परिणामबाट तर्सिएर निर्वाचन रोक्ने धन्दामा लाग्ने होइन, जनताका माझमा जाने, जनताको परीक्षामा सामेल हुने, जनताले दिएको फैसला र निर्णयलाई मन्जुर गरेर अगाडि बढ्ने आँट गर्नुहोस्’, उनले भने।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












