`जनयुद्धको नाम सुन्नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे’
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदमलाई कसैले प्रोत्साहन गरे शान्ति प्रक्रिया ‘डिरेल’ हुनसक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले ओलीको कदमलाई कसैले प्रोत्साहन गरेमा शान्ति प्रक्रिया ‘डिरेल’ हुन सक्ने चिन्ता व्यक्त गरेका हुन् । ‘यो देशमा फेरि हिंसा होस्, फेरि युद्ध होस्, फेरि अराजकता होस् भन्ने कसैले चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरु कोही पनि फेरि यो देशमा हिंसा, द्वन्द्व, अराजकता चाहनु हुन्छ भनेर म कल्पना पनि गर्न चाहन्न,’ दाहालले भने, ‘केपीको कदमलाई सदर गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ कि भन्ने ठूलो भन्ने चिन्ता छ, कसैले पनि देश बर्बाद हुने बाटोमा भूमिका नखेलौं । ठूलो मूल्य चुकाएर संघीय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्राप्त भएको हो ।’
उनले आफ्नो पार्टीले समृद्ध नेपाल बनाइछाड्ने दाबी गरे । पार्टी एकतापछि पनि ओली जनयुद्धका सहिदहरुको सम्मान गर्ने कार्यक्रममा कहिल्यै सहभागी नभएको कुरा आफूले नोट गरेको दाहालले बताए । उनले भने, ‘जनयुद्ध भनेपछि एक शब्द सुन्न नचाहने हुनुहुन्थ्यो । शान्ति सम्झौता भएपछि त अलिकति सुध्रिनु भयो कि भनेको एकतापछि पनि जनयुद्धका सहिदलाई सम्मान गर्ने एउटा कार्यक्रममा जानु भएन । अरु नेताहरु जानु भयो । केपी कहिल्यै जानु भएन । मैले त्यसलाई खुब नोट गरेको छु ।’ तर, पार्टी विभाजनले आफू अल्पमतमा परेपछि जनयुद्धका घाइते अपाङ्गलाई हेर्नुपर्दैन भनेर ओलीले उल्टै आफूमाथि प्रश्न उठाएको पनि दाहालले बताए ।
‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा, खुमलटार गएर अनेक गरेर ऋण, सापट खोजेर मैले बेलाबेला राहत दिने । सरकारलाई पटक-पटक यी घाइते, अपांगको उपचार गर्नुपर्यो । यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ,’ दाहालले भने, ‘जनयुद्धका घाइते अपाङ्गहरु माइतीघरमा अनशन बस्दा गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरै पटकभन्दा कहींकतै टेडपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा ओली अल्पमतमा परेपछि म कहिलेकाहीं सुन्छु, ती घाइते अपाङ्गलाई हेर्नु पर्दैन प्रचण्डले भन्ने तीनै केपीले ? फट्याइँ गर्न कति सकेको ? जालझेल गर्न पनि कस्तो दिमाग हो ?’
ओलीले अहिले आएर कालीबहादुर खाम खोई भन्नु लाजमर्दो कुरा भएको दाहालको भनाइ छ । ‘अहिले केपीले कालीबहादुर खाम खोई अरे ? ती कालीबहादुर खाम आफैंले केही गरेको त हैन । उनको मुद्दा ठीक ढंगले हल होस् भनेर १०/११ वर्षदेखि म लागेको छु । उनलाई गाह्रो साह्रो परेको मैले हेर्न लगातार बल गरेको छु । अहिले त कालीबहादुर तपाईंलाई प्रचण्डले हेर्दैनन् केपीले भन्नु लाजमर्दो अरु के हुन्छ ?,’ उनले थपे, ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे केपीले…लाजै । त्यसैले जनयुद्धका कमाण्डर, साथीहरु ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरु तपाईंहरुको योगदानको इतिहासमा स्वर्णीम अक्षरले नाम लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’
जनताले लामो संघर्षबाट बनाएको संविधान आईसीयूमा हुँदा ओली हाँस्दै हिँडेको दाहालको आरोप छ । ‘हाम्रो नेपालीको संस्कार, विवाह हुँदा नाचगान रमाइलो गर्दै गइन्छ…तर हाम्रो केपीजी आन्दोलन भएपछि रुन थाल्नु भयो । गणतन्त्रको आन्दोलन हुनु हुँदैन भनेर नोट अफ डिसेन्ट लेख्न लगाउने मान्छे हुनुहुँदोरहेछ । जब घरमा कोही मर्छ । परिवार, गाउँ शोकमग्न हुन्छ । सबैले एकअर्कालाई ढाडस दिन्छन् । केपीको बानी त्यो बेला हाँस्ने रै’छ,’ दाहालले भने, ‘अहिले संविधान आईसीयूमा छ । उहाँ हाँस्दै हिँड्नु भएको छ, हँसाउँदै हिँड्नु भएको छ । हामी संवेदनशील भएका छौं, राष्ट्र के हुने हो, जनताको भविष्य के हुने हो यो उपलब्धि के हुने हो भनेर । तर केपी ओली उल्टो खोपडीको मान्छे नेपालमा कसरी…।’
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् । नेता नेपालले ओली कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् । ‘एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ,’ उनले भने ।
अध्यक्ष नेपालले ओलीले ५० वर्षसम्म दु:ख मात्रै दिएको बताए । ‘केपी ओलीले ५० वर्षसम्म हैरान पारे, दु:खमात्रै दिए । मैले जहिले थम्थमाए । मलाई दु:ख मात्रै दिए । जहिले हुर्मत लिने मात्रै काम गरे । पार्टी एकता गरेपछि केपी ओली सुध्रिन्छन् कि भन्ने सोच्यौं तर सुध्रिएनन्,’ नेपालले भने ।
वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । ‘ओलीको कदम प्रतिगमन हो । तर केपी ओलीले राजनीतिक कदम हो भन्दै हिँडेका छन् । संविधानभन्दा बाहिर गएर कसैले कदम चाल्न सक्छ ? यही संविधानअन्तर्गत बनेका प्रधानमन्त्रीहरुले संविधान बाहिर गएर कदम चाल्ने हक छैन । यो प्रतिगामी कदम हो । त्यसको विरुद्ध हामी सडकमा हुनेछौं । केपी ओलीले ओलीले घुँडा नटेकेसम्म हामी अगाडि बढ्छौं,’ खनालले भने ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












