‘अब भारत नेपालमा संवैधानिक राजतन्त्र र ४७ सालको संविधान पुनर्स्थापना गर्न लाग्नुपर्छ’
काठमाडाैँ । भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत आफ्नो पूर्व डक्ट्रिनमा फर्कदै नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०५७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिएका छन् ।
नेपालमा चीनको प्रभावलाई ‘चेक’ गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा अब भारत नयाँ विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ छ । यसका लागि उनले अफगानिस्तानका राजा जाहिर शाह र कम्बोडियाका नोरोडोम सिंहानुकको उदाहरणसमेत दिएका छन् ।
टेलिग्राफ इन्डिया डटकममा प्रकाशित लेखमा उनले यसका लागि नेपालको राजपरिवारबाट भारत कोमाथि भर पर्न सक्छ भन्ने प्रमुख प्रश्न रहेको जिकिर गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र नागरिकका रुपमा जीवन बिताइरहेको र पूर्वयुवराज पारसलाई जनताले राजा स्वीकार गर्न नसक्ने उनले उल्लेख गरेका छन् । यसअघि, गिरिजाप्रसाद कोइरालाले ‘बेबी किङ’ का रुपमा अघि सारेका हृदयेन्द्र उपयुक्त पात्र हुनसक्ने उनको ठम्याइ छ । हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने उनको बुझाइ छ ।
नेपालमा पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाको मागसहितको आन्दोलन देखिन थालेको बताउँदै नेपालभित्रबाट उठेको मागलाई भारतले यसलाई रोक्न नहुने उनले बताएका छन् ।
त्यस्तै, नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको आक्रामक कदम र कम्युनिस्ट सिद्धान्तको फैलावटलाई रोक्न धार्मिक कार्ड पनि अस्त्र हुनसक्ने उनले बताएका छन् । यसका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने उनको भनाइ छ ।
कुनै बेला चीन पनि राजदरवार निकट रहेको तथ्य औँल्याउँदै उनले नेकपाको पछिल्लो कलहपछि चीनले नेपालको मुडलाई अध्ययन गरिरहेको हुनसक्ने उनले बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रलाई सत्ता छाड्न लगाउन करण सिंह नेपाल पुगेको स्मरण गर्दै उनले सिंहलाई पुनः काठमाडौँ पठाउनुपर्ने बेला आएको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












