प्रभु बैंकको नाफा ४० प्रतिशतले बढ्यो, ६ महिनामै एक अर्ब ५१ करोड कमायो
काठमाडौं । प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ। बैंकले बुधबार चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा एक अर्ब ५१ करोड रुपैयाँ भएको जनाएको छ।
बैंकले चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ६६ करोड ८६ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ।
अघिल्लो वर्ष २ अर्ब ४५ करोड रुपैयाँ रहेको यस्तो आम्दानी यसपाली २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। बैंकले व्यापार वृद्धि पनि ९९ अर्ब ३९ करोडबाट बढाएर एक खर्ब २६ अर्ब रुपैयाँ पुर्याएको छ।
बैंकले निक्षेप एक खर्ब २८ अर्बबाट बढाएर एक खर्ब ६२ अर्ब पुर्याएको छ। यसले ब्याज खर्च केही बढे पनि व्यापार वृद्धिबाट भएको आम्दानीले खुद नाफामा सुधार देखिएको हो।
बैंकले स्प्रेड दर ४.८३ बाट घटाएर ३.६४ प्रतिशतमा झारेको छ। यसैगरी आधार दर ९.४५ प्रतिशतबाट घटाएर ७.२४ प्रतिशतमा ल्याएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












