अनेरास्ववियूू रुकुम पूर्वले पूर्णता पायो, यस्तो छ स्थानिय तहसम्मको कार्यविभाजन
रुकुुुम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियु रुकुम पूर्वले जिल्ला कमिटिका सदस्यहरुको कार्यक्षेत्र विभाजन गरेको छ । नव गठित कमिटिको पहिलो बैठकले जिल्ला कमिटिका सदस्यहरुको कार्यक्षेत्र विभाजन गर्नुका साथै कमान्ड, निर्वाचन क्षेत्र र पालिका स्तरमा इन्चार्ज सह–इन्चार्ज, संयोजक र सह–संयोजकको पनि टुंगो लगाएको छ ।
जस अनुसार पुथा उत्तरगंगा गाउँपालिकामा तिकलराज रसाइली, भुमे गाउँपालिकामा बेदना बुढामगर र सिस्ने गाउँपालिकामा मदन रावलाई कमान्ड इन्चार्जको जिम्मेवारी दिइएको जिल्ला कमिटि संयोजक रेवन खड्काले बताउनुभयो । निर्वाचन क्षेत्र संयोजक र सह–संयोजक पनि तोकिएको उहाँले बताउनुभयो ।
निर्वाचन क्षेत्र प्रदेश क मा चन्द्र रसाइली संयोजक, विरस रसायलीलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ भने प्रदेश ख मा प्रेम बहादुर खत्रीलाई संयोजक र पुजन महतरालाई सह–संयोजकको जिम्मावारी दिइएको छ । जिल्लाका तिन वटै पालिकामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको पनि टुंगो लगाइएको छ । सिस्ने गाउँपालिका इन्चार्ज डिकेन्द्र शाह, सह–इन्चार्ज सृजना खड्का, संयोजक सुजन रावल र सह–संयोजकमा उषा थापालाई निर्वाचित गरिएको छ ।
यस्तै भुमे गाउँपालिका इन्चार्ज रतन बुढा, सह–इन्चार्ज सरिता पुन, संयोजक रुपक कामी र सह–संयोजकमा आशा विकलाई चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटिले जनाएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा युविक विकलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने सह–इन्चार्जको जिम्मेवारी करिस्मा समाललाई दिइएको छ । त्यहाँ रमेश विक संयोजक र पारक रोका सह–संयोजकमा चयन हुनु भएको छ ।
अहिले पहिलो बैठबाट जिल्ला कमिटि, कमाण्ड विभाजन, निर्बाचन क्षेत्र, गाउँपालिका तहमा नेतृत्वको जिम्मेवारीको टुंगो लगाइएको र अव यी कमिटिहरु गठनलाई पूर्णता दिने तयारी गरिएको छ । जसका लागी जिम्मेवारी तोकिएकाहरुलाई सम्बन्धित पालिकामा संगठन विस्तारका लागी पठाइएको छ ।
जिल्ला कमिटि सँयोजक रेवन खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकमा नेकपा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियू रुकुम पूर्वका फ्याक्सन सह–इन्चार्ज जीवन के.सी.अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल लगाएतको उपस्थिति रहेको थियो ।।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











