नेकपा प्रचण्ड-नेपाल पक्षको आमहड्ताललाई लिएर प्रहरीको ‘क्वीक सेक्युरिटी प्लान’
काठमाडाैँ । प्रहरीले नेकपा प्रचण्ड- नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई लक्षित गरी आकस्मिक सुरक्षा योजना बनाएको छ।
सबै जिल्ला प्रहरी कार्यालय, राजधानी उपत्यकामा परिसरहरूले आवश्यक सुरक्षा योजना बनाएका हुन्।
सुरक्षा योजनामा प्रहरीको परिचालन अत्यधिक रहेको छ। बन्दका क्रममा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न साबिकको भन्दा प्रहरी जनशक्ति बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
कार्यालयका अनुसार साबिकको भन्दा पैदल, मोबाइल, पिकेट गस्ती बढाइएको छ।
शान्तिपूर्ण वातावरणमै आमहड्ताल सम्पन्न होस् र सर्वसाधारणले शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूत गरून् भन्ने उद्देश्यबाट प्रहरी परिचालन हुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए।
त्यसअनुसार उपत्यकाका तीन वटै जिल्लास्थित सुरक्षा प्रमुखहरूलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन भनिएको छ।
‘राजनीतिक पार्टीको विरोध आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमा बाधा पर्ने छैन, जबरजस्ती बन्द गराउने, आगजनी र तोडफोड भए प्रहरीले नियन्त्रणणमा लिएर कारबाही गर्छ,’ पालले भने, ‘कुनै पनि धनजनको क्षति नहोस् भन्नेतर्फ प्रहरी सचेत छ।’
केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार उपत्यकामा रानीपोखरीले र अन्य ठाउँमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना बनाएका छन्। त्यसमा केन्द्रको आवश्यक निर्देशन छ।
‘शान्तिपूर्ण रूपमा आमहड्ताल सम्पन्न गराउनेतर्फ सुरक्षाकर्मीहरू रहन्छन्, नागरिकको मौलिक हक र स्वतन्त्रतालाई बाधा पर्ने काममा प्रहरीले हस्तक्षेप गर्छ,’ कुँवरले भने।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












