प्रधानमन्त्री ओली पर्वत आउने कार्यक्रम स्थगित
काठमाडाैँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली पर्वत आउने कार्यक्रम स्थगित भएको छ।
प्रधानमन्त्री आउने भनी केही दिन अगाडिबाटै प्रचारप्रसारसहित सब स्टेसनमा भव्य तयारी गरिएको भए पनि अन्तिम अवस्थामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएको हो।
ओली पक्षको नेकपाका केन्द्रीय सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीका अनुसार प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण पर्वत आउने कार्यक्रम रोकिएको हो।
सुरक्षा थ्रेटका कारण प्रधानमन्त्री आउने नसक्ने अवस्था भएको हो? भन्ने प्रश्नमा केन्द्रीय सदस्य गिरीले प्रधानमन्त्री वा अरू कसैलाई पनि सुरक्षा थ्रेट नरहेको तर कार्य व्यस्तताका कारण नै पर्वत आउन सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘होइन होइन सुरक्षा थ्रेटका कारण उहाँ आउन नसक्ने अवस्था भएको होइन। सुरक्षा थ्रेट छैन। थ्रेट भएको भए त यो कार्यक्रममा ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि त आउनु हुने थिएन नि’ गिरीले भने, ‘उहाँको कार्य व्यस्तताका कारण अन्तिममा यता आउने कार्यक्रम रोकिएको हो।’
संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले देशव्यापी रूपमा हडतालको आह्वान गरेकै दिन बिहीबार प्रधानमन्त्री के.पी. शर्मा ओली पर्वत आउँदा सुरक्षा जोखिम हुने भएकाले प्रधानमन्त्री ओली आउने कार्यक्रम रोकिएको धेरैको अनुमान छ।
प्रधानमन्त्री ओली नआउने भएपछि पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०-१३२ केभी सबस्टेशन, खुर्कोटदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०-१३२-३३ केभि सबस्टेशनको उद्घाटन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले गर्ने भएका छन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












