‘हामीलाई किन चाहियो इन्डिया गेट र लालकिला चामल ?: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आनीबानी बिग्रिएकाले अनावश्यक रुपमा कृषि उपजहरुको आयात भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पर्छ । कृषि क्षेत्र हाम्रो जनसंख्यासँग व्यापक रुपमा जोडिएको छ । कृषिको आधुनिकीकरण हुन पऱ्यो । कृषिमा आधुनिक प्रविधि प्रयोग गरी आत्मनिर्भर बनाउनका लागि उत्पादन र उत्पादकत्व बढाउन पऱ्यो । तब मात्र नेपाल कृषि उपजहरुको निर्यातक देश हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरुले स्वाङ पार्न थालेको पनि बताए । उनले भने, ‘हामीले स्वाङ पार्न थालिसक्यौँ । हामीले अर्बौंको कृषि बस्तु आयात गरिरहेका छौं । हामीलाई लालकिला भन्ने लामो सिता भएको चामल चाहिएको छ । हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो इन्डिया गेट चाहियो ?’
प्रधानमन्त्री ओलीले खाद्यान्नको अभाव भएरभन्दा पनि आनीबानी बिग्रिएर त्यस्ता चामलहरुको आयात हुन थालेको बताए । उनले भने, ‘यस्ता चामलहरु हामीले खाद्यान्न नपुगेर होइन आनीबानी बिग्रेर आयात गरिरहेका छौँ । हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका छौँ । त्यो अवस्थालाई पनि बदल्नु पर्छ । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












