‘हामीलाई किन चाहियो इन्डिया गेट र लालकिला चामल ?: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आनीबानी बिग्रिएकाले अनावश्यक रुपमा कृषि उपजहरुको आयात भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन पर्छ । कृषि क्षेत्र हाम्रो जनसंख्यासँग व्यापक रुपमा जोडिएको छ । कृषिको आधुनिकीकरण हुन पऱ्यो । कृषिमा आधुनिक प्रविधि प्रयोग गरी आत्मनिर्भर बनाउनका लागि उत्पादन र उत्पादकत्व बढाउन पऱ्यो । तब मात्र नेपाल कृषि उपजहरुको निर्यातक देश हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले नेपाली नागरिकहरुले स्वाङ पार्न थालेको पनि बताए । उनले भने, ‘हामीले स्वाङ पार्न थालिसक्यौँ । हामीले अर्बौंको कृषि बस्तु आयात गरिरहेका छौं । हामीलाई लालकिला भन्ने लामो सिता भएको चामल चाहिएको छ । हामीलाई किन चाहियो इन्डिया गेट चामल ? इन्डिया गेट कति पुरानो चामल हो ? त्यसमा कति पौष्टिक तत्व हुन्छ ? बास्मती चाहियो, लालकिला चाहियो इन्डिया गेट चाहियो ?’
प्रधानमन्त्री ओलीले खाद्यान्नको अभाव भएरभन्दा पनि आनीबानी बिग्रिएर त्यस्ता चामलहरुको आयात हुन थालेको बताए । उनले भने, ‘यस्ता चामलहरु हामीले खाद्यान्न नपुगेर होइन आनीबानी बिग्रेर आयात गरिरहेका छौँ । हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका छौँ । त्यो अवस्थालाई पनि बदल्नु पर्छ । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












