सहयोद्धा वैद्यदेखि बादल–लेखराजसम्मले छाड्दा के भन्छन् प्रचण्ड ?
‘मेरा साथीहरु किन गए होलान् मोरल्ली मैले जिम्मेवारी लिन्छु, तर म नै मुख्य जिम्मेवार भने होईन'
काठमाडाैँ । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहयोद्धालाई मृत्यु शय्यासम्म सँगै लिएर जान सम्भव नभएको बताएका छन् ।
जनयुद्ध कालदेखि वा सो भन्दा अघिदेखिकै सहयोद्वाहरु मोहन वैद्य, नेत्रविक्रम चन्द, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरुले विभिन्न कालखण्डमा प्रचण्डको साथ छाडेर गएको सन्दर्भमा प्रचण्डले यस्तो बताएका हुन् । यद्यपि सहयोद्वाहरुले बीमै छाडेर जाँदा प्रमुख नेताको हैसियतले आफूले नैतिक जिम्मेवारी लिने प्रचण्डले बताए ।
आइतबार एक टेलिभिजन अन्तरवार्ताका क्रममा उनले भने, ‘मेरा साथीहरु किन गए होलान् मोरल्ली मैले जिम्मेवारी लिन्छु । त्यसको लागि म नै मुख्य जिम्मेवार भन्ने चाहिँ लाग्दैन ।’ प्रचण्डले अगाडि थपे, ‘उहाँहरुको विचारमा विचलन आयो, उहाँहरुले घटनाक्रमलाई सही ढंगले ठम्याउन सक्नुभएन । सबैलाई मृत्य शय्यासम्म लैजान सम्भव पनि छैन । मास्क एंगेल्सको, लेनिनका समकक्षीहरु पनि सँगै भएनन् विभाजन धेरै भए । त्यसले लेनिनले गरेको भूमिका र योगदान त्यसले महत्व कम हुन्छ र ? अरु माक्सहरुको पनि भूमिकाको योगदान कम भयो र ?’
उनले आफू यसबाट कत्तिपनि नगलेको भन्दै जनता न्याय र अग्रगमनको पक्षमा रहेको भन्दै केपी ओलीको कदमको विरोधमा रहेको दावी गरे । उनले प्रतिगमनकारी ओलीले आफूहरुसँग कुनै प्रतिस्पर्धा गर्न नसक्ने पनि दावी गरे ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












