अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने
एजेन्सि । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् ।
एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले नाकाबन्दी नहटाउने जानकारी दिएका हुन् ।
इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने उनले बताएका हुन् । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ, राष्ट्रपति बाइडेनले भनेका छन् ।
अमेरिकाको सिबीएस न्युजलाई शुक्रबार दिएको अन्तरवार्तामा उनले सो कुरामा जोड दिएको समाचारमा जनाइएको छ । इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिबार एक अन्तरवार्ताका क्रममा अमेरिकाले आफूहरूमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको आरोप लगाएका थिए ।
लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया आएको हो । विदेशमन्त्री जारिफले अमेरिकाले आफूहरूमाथि लगाएको प्रतिबन्दका कारण धैर्यता टुटिसकेको बताएका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












