गृह जिल्ला रौतहटमै कमजोर देखिए माधव नेपाल, मन्त्री साहको साथ पाएपछि ओली समूह बलियो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक विभाजन भएर अलग भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल गृहजिल्ला रौतहटमा कमजोर देखिएका छन्।
ओलीसँग अलग भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेकपामा अध्यक्ष भएका नेता नेपाल भन्दा केन्द्रीय सदस्य तथा सहरी विकासमन्त्री प्रभु साह शक्तिशाली देखिएका हुन। साह रौतहटबाट निर्वाचित सांसद पनि हुन्।
ओलीसँग अलग भई प्रचण्ड पक्षमा लागेका नेपालको गृहजिल्ला रौतहटमा नेपाल र साह पक्षधरबीच लामो समयदेखी प्रतिस्पर्धा चल्दै आएको छ। रौतहटमा राजनीतिक विभाजन अघि शपथसमेत हुन सकेको थिएन। जिल्ला कमिटीका सदस्यहरूले शपथ नै नलिई दुई समूहमा विभाजित हुँदा रौतहटमा मन्त्री साहको पक्कड देखिएको तथ्याङ्कले देखाएको छ ।
विघटित प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको अनुपात हेर्दा नेता नेपाल भन्दा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षमा बढी देखिएका छन्। ‘जनप्रतिनिधिको अनुपात हेर्दा रौतहटमा प्रधानमन्त्री ओलीको पक्षमा बढी खुलेका छन भने जिल्ला कमिटीमा ५०/५० को हाराहारीमा खुलेका छन,’ ओली पक्षधर नेता तुल्सीराज गिरीले भने, ‘प्रधानमन्त्री ओलीको पक्षमा खुल्ने संख्या धेरै देखिएको छ।’
रौतहटबाट विघटित प्रतिनिधिसभामा नेकपावाट पाँच जना सांसद थिए। जसमध्ये तीन जना ओलीपक्ष र दुई जना प्रचण्ड-नेपाल पक्षमा खुलेका छन्। रौतहटबाट एकजना मात्रै प्रत्यक्ष निर्वाचित सांसद प्रभु साह ओली पक्षमा खुलेर सहरी विकासमन्त्रीको जिम्मेवारीमा छन्। साह राजनीतिक विभाजन अघि प्रदेश-२ का पार्टी अध्यक्षसमेत थिए।
साहसहित समानुपातिक सांसदहरू रेखा झा र समिना हुसेन ओली पक्षमा लागेका छन्। कल्याणी खड्का र सरला यादव प्रचण्ड-नेपाल समूहमा लागेका छन्। समानुपातिक सांसद खड्का संघीय संसदको विकास समितिका सभापति हुन् ।
रौतहटबाट प्रदेश-२ को संसदमा प्रतिनिधित्व गर्ने तीनजना प्रदेश सांसद मध्ये दुई जना प्रचण्ड-नेपाल समूहमा लागेका छन्। एकजना ओली पक्षमा खुलेका छन्। प्रदेश सांसदहरू नागेन्द्र यादव र हसिमा खातुन प्रचण्ड-नेपाल पक्षमा र प्रत्यक्ष निर्वाचित कुन्दन कुश्वाहा प्रधानमन्त्री ओलीको पक्षमा खुलेर कार्यक्रममा सहभागी भईरहेका छन्।
तत्कालिन नेकपाले जीत हासिल गरेका तीनवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहका मेयर प्रधानमन्त्री ओलीतिर खुलेका छन् भने एकजना प्रचण्ड-नेपालको पक्षमा खुलेका छन्। कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाह र मौलापुरकी मेयर कविता साह प्रधानमन्त्री ओलीको पक्षमा खुलेका छन्। यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया भने प्रचण्ड-नेपालको पक्षमा खुलेका छन ।
रौतहट जिल्लाभरी तत्कालिन नेकपाले जीतेका उपमेयर र उपाध्यक्ष सात जना छन्। उनीहरूमध्ये चार जना प्रचण्ड समूहमा र तीन जना ओली समूहमा खुलेका छन्। चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी, मौलापुरका उपमेयर गौरीशंकर साह, कटहरियाका उपमेयर नुरजहाँ खातुन प्रचण्ड-नेपाल समूहमा खुलेका छन्। बाँकी उपमेयरहरू ओलीको पक्षमा खुलेका छन्।
कांग्रेसले जीत हासिल गरेको फुतवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, संघीय समाजवादीले मेयरमा जीत हासिल गरेका तर उपमेयर भने नेकपाले जितेको देवाही गोनाहीको उपमेयर परनिया देवी पटेल र माधवनारायण नगरपालिकाका उपमेयर सिमरन साह भने प्रधानमन्त्री ओलीतिर खुलेका छन्।
जिल्लाको सबैभन्दा ठुलो नगरपालिका चन्द्रपुरमा तत्कालिन नेकपा एमालेवाट मेयरका उम्मेदवार रहेका उद्धव रेग्मी, पूर्वसचिव तुल्सीराज गिरी, पूर्वसांसद अब्दुल कलाम, क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका शैलेन्द्र साहलगायत शक्तिशाली नेता प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन्। शैलेन्द्र साह कांग्रेस सांसद महमद अफताव आलमलाई ईट्टाभट्टा नरसंहारमा जेल पुर्याउन मुख्य भुमिका खेल्ने नेता हुन्।
कटहरियाका मेयर कुश्वाहाकाअनुसार जिल्लाभरी नै नेकपाका ७५ प्रतिशत भन्दा वडा अध्यक्षहरू प्रधानमन्त्री ओली पक्षमा लागेका छन्। उनकाअनुसार वडा अध्यक्ष र कार्यपालिकाका सदस्यको तुलनात्मक अध्ययन गर्दा रौतहटमा नेता नेपाल भन्दा सहरी विकास मन्त्री साहको पक्कड देखिएको छ।
जिल्ला कमिटी अध्यक्ष कमलराय यादव र इन्चार्ज युवराज भट्टराई प्रचण्ड-नेपाल पक्षतर्फ खुले पनि शपथ खान नपाएका जिल्ला कमिटीका अधिकांश सदस्यहरूओलीको पक्षमा खुलेका छन्।
Comments
अरु समाचार
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...











