गृह जिल्ला रौतहटमै कमजोर देखिए माधव नेपाल, मन्त्री साहको साथ पाएपछि ओली समूह बलियो
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक विभाजन भएर अलग भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपाल गृहजिल्ला रौतहटमा कमजोर देखिएका छन्।
ओलीसँग अलग भएर पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको नेकपामा अध्यक्ष भएका नेता नेपाल भन्दा केन्द्रीय सदस्य तथा सहरी विकासमन्त्री प्रभु साह शक्तिशाली देखिएका हुन। साह रौतहटबाट निर्वाचित सांसद पनि हुन्।
ओलीसँग अलग भई प्रचण्ड पक्षमा लागेका नेपालको गृहजिल्ला रौतहटमा नेपाल र साह पक्षधरबीच लामो समयदेखी प्रतिस्पर्धा चल्दै आएको छ। रौतहटमा राजनीतिक विभाजन अघि शपथसमेत हुन सकेको थिएन। जिल्ला कमिटीका सदस्यहरूले शपथ नै नलिई दुई समूहमा विभाजित हुँदा रौतहटमा मन्त्री साहको पक्कड देखिएको तथ्याङ्कले देखाएको छ ।
विघटित प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिको अनुपात हेर्दा नेता नेपाल भन्दा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षमा बढी देखिएका छन्। ‘जनप्रतिनिधिको अनुपात हेर्दा रौतहटमा प्रधानमन्त्री ओलीको पक्षमा बढी खुलेका छन भने जिल्ला कमिटीमा ५०/५० को हाराहारीमा खुलेका छन,’ ओली पक्षधर नेता तुल्सीराज गिरीले भने, ‘प्रधानमन्त्री ओलीको पक्षमा खुल्ने संख्या धेरै देखिएको छ।’
रौतहटबाट विघटित प्रतिनिधिसभामा नेकपावाट पाँच जना सांसद थिए। जसमध्ये तीन जना ओलीपक्ष र दुई जना प्रचण्ड-नेपाल पक्षमा खुलेका छन्। रौतहटबाट एकजना मात्रै प्रत्यक्ष निर्वाचित सांसद प्रभु साह ओली पक्षमा खुलेर सहरी विकासमन्त्रीको जिम्मेवारीमा छन्। साह राजनीतिक विभाजन अघि प्रदेश-२ का पार्टी अध्यक्षसमेत थिए।
साहसहित समानुपातिक सांसदहरू रेखा झा र समिना हुसेन ओली पक्षमा लागेका छन्। कल्याणी खड्का र सरला यादव प्रचण्ड-नेपाल समूहमा लागेका छन्। समानुपातिक सांसद खड्का संघीय संसदको विकास समितिका सभापति हुन् ।
रौतहटबाट प्रदेश-२ को संसदमा प्रतिनिधित्व गर्ने तीनजना प्रदेश सांसद मध्ये दुई जना प्रचण्ड-नेपाल समूहमा लागेका छन्। एकजना ओली पक्षमा खुलेका छन्। प्रदेश सांसदहरू नागेन्द्र यादव र हसिमा खातुन प्रचण्ड-नेपाल पक्षमा र प्रत्यक्ष निर्वाचित कुन्दन कुश्वाहा प्रधानमन्त्री ओलीको पक्षमा खुलेर कार्यक्रममा सहभागी भईरहेका छन्।
तत्कालिन नेकपाले जीत हासिल गरेका तीनवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहका मेयर प्रधानमन्त्री ओलीतिर खुलेका छन् भने एकजना प्रचण्ड-नेपालको पक्षमा खुलेका छन्। कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाह र मौलापुरकी मेयर कविता साह प्रधानमन्त्री ओलीको पक्षमा खुलेका छन्। यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया भने प्रचण्ड-नेपालको पक्षमा खुलेका छन ।
रौतहट जिल्लाभरी तत्कालिन नेकपाले जीतेका उपमेयर र उपाध्यक्ष सात जना छन्। उनीहरूमध्ये चार जना प्रचण्ड समूहमा र तीन जना ओली समूहमा खुलेका छन्। चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी, मौलापुरका उपमेयर गौरीशंकर साह, कटहरियाका उपमेयर नुरजहाँ खातुन प्रचण्ड-नेपाल समूहमा खुलेका छन्। बाँकी उपमेयरहरू ओलीको पक्षमा खुलेका छन्।
कांग्रेसले जीत हासिल गरेको फुतवा विजयपुरकी उपमेयर कान्तिदेवी महतो, संघीय समाजवादीले मेयरमा जीत हासिल गरेका तर उपमेयर भने नेकपाले जितेको देवाही गोनाहीको उपमेयर परनिया देवी पटेल र माधवनारायण नगरपालिकाका उपमेयर सिमरन साह भने प्रधानमन्त्री ओलीतिर खुलेका छन्।
जिल्लाको सबैभन्दा ठुलो नगरपालिका चन्द्रपुरमा तत्कालिन नेकपा एमालेवाट मेयरका उम्मेदवार रहेका उद्धव रेग्मी, पूर्वसचिव तुल्सीराज गिरी, पूर्वसांसद अब्दुल कलाम, क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका शैलेन्द्र साहलगायत शक्तिशाली नेता प्रधानमन्त्री ओलीका पक्षमा खुलेका छन्। शैलेन्द्र साह कांग्रेस सांसद महमद अफताव आलमलाई ईट्टाभट्टा नरसंहारमा जेल पुर्याउन मुख्य भुमिका खेल्ने नेता हुन्।
कटहरियाका मेयर कुश्वाहाकाअनुसार जिल्लाभरी नै नेकपाका ७५ प्रतिशत भन्दा वडा अध्यक्षहरू प्रधानमन्त्री ओली पक्षमा लागेका छन्। उनकाअनुसार वडा अध्यक्ष र कार्यपालिकाका सदस्यको तुलनात्मक अध्ययन गर्दा रौतहटमा नेता नेपाल भन्दा सहरी विकास मन्त्री साहको पक्कड देखिएको छ।
जिल्ला कमिटी अध्यक्ष कमलराय यादव र इन्चार्ज युवराज भट्टराई प्रचण्ड-नेपाल पक्षतर्फ खुले पनि शपथ खान नपाएका जिल्ला कमिटीका अधिकांश सदस्यहरूओलीको पक्षमा खुलेका छन्।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












