शेखर कोइराला समूहका ८ नेताको धुलिखेल भेला
काठमाडाैँ । कांग्रेस नेता डा. शेखर कोइरालाले माघ २७ गते धुलिखेलमा आफूनिकट केही केन्द्रीय सदस्यहरूको भेला राखे।
कोइरालाले आफूनिकट ८ जना केन्द्रीय सदस्यसँग धुलिखेलको आगन्तुक रिसोर्टमा २४ घन्टा बिताएका थिए। यो भेलाबारे बाहिर कतै पनि औपचारिक रुपमा जानकारी दिइएको छैन।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थिति, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको म्याद समाप्त हुन लागेका बेला कोइरालाले त्यसै सेरोफेरोमा रहेर निकस्थहरूसँग छलफल गरिएको बुझिएको छ।
स्रोतका अनुसार भेलामा युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी र बद्री पाण्डे थिए।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो भेलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको बताए। ‘कांग्रेसको आन्तरिक राजनीति अहिले जे जस्तो छ, हामी एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको छ,’ भण्डारीले भने।
कोइराला आगामी पार्टी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने जोडमा छन्। त्यसकारण उनले आफूनिकटहरूलाई पार्टी महाधिवेशनमा आफ्नो पक्ष बलियो पार्ने रणनीतिका साथ यो भेला गरेको बुझिएको छ।
‘भेलामा सहभागीले आधिकारिक रुपमै सभापतिको उम्मेदवार घोषणा गरेर अघि बढ्न सुझाव दिएका थिए,’ सहभागी एक नेताले भने, ‘कोइरालाले यस विषयमा सोचविचार गर्ने बताउनुभयो।’
आधिकारिक घोषणा गरेपछि जनमत सिर्जना हुने दाबी केन्द्रीय सदस्यहरूको थियो।
कोइराला सभापतिका अन्य आकांक्षीहरूको समूह नै रहेकाले कसरी मिलाउने भन्ने ध्याउन्नमा छन्। महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी गरिरहेका छन्।
त्यसबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र विमलेन्द्र निधिले सभापतिको आकांक्षा गरिरहेका छन्। यी सबैलाई मिलाएर जान कोइरालालाई चुनौती छ।
भेलाका सहभागी नेताहरूले यी आकांक्षीलाई मिलाउने जिम्मा कोइरालालाई नै दिएको स्रोतले बतायो।
‘उहाँले सबै आकांक्षीहरूसँग आफ्नो कुरा भइरहेको र संवाद जारी राख्ने बताउनुभएको थियो,’ स्रोतले भन्यो।
भेलामा सभापति शेरबहादुर देउवानिकट युवा केन्द्रीय नेताहरूलाई पनि एकाकार गर्न सक्नुपर्नेमा जोड दिइएको थियो।
वर्तमान कांग्रेस नेतृत्व पूर्णरुपमा असफल भएको भेलाको निष्कर्ष थियो। जनतासँग संवाद गर्न नसकेको, कार्यकर्तालाई न्याय नगरेको, लोकतान्त्रिक मूल्य मान्यताअनुसार अघि नबढेको, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न नसकेको र पद र पैसाको लागि सम्झौता गरेर हिँडेकाले नेतृत्व परिवर्तन अपरिहार्य रहेको भेलामा नेताहरूले जोड दिएका थिए।
त्यसैगरी, राष्ट्रिय राजनीतिमा अहिले जे जस्ता घटनाक्रम भइरहेका छन्, त्यो कसले र किन गरिरहेको छ भनेर नेतृत्वले बुझाउन नसकेको, पार्टीभित्रै संवाद सञ्चालन गर्न नसकेको जस्ता आरोप लगाइएको थियो।
भेलाले नेतृत्व परिवर्तनसँगै समयसापेक्ष रुपमा नीतिमा पनि परिमार्जन गरेर जानुपर्नेमा जोड दिएको थियो।
‘समाजवादको पुनर्व्याख्या, राष्ट्रियताको पुनर्व्याख्यासँगै अन्तर्राष्ट्रिय सम्बन्ध र सांगठानिक संरचनाका बारेमा स्पष्ट नीति लिएर अघि बढ्नुपर्ने बैठकको जोड थियो,’ स्रोतले भन्यो।
वर्तमान सरकारलाई सहज तरिकाले बहिर्गमन गराउन निकै गाह्रो रहेकाले यसलाई विस्थापन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दबाब सिर्जना गर्नुपर्ने कोइरालाले बताएका थिए।
‘म व्यक्तिगत रुपमा नागरिक समाज र अन्तर्राष्ट्रिय रुपमा पनि संवाद गरिरहेको छु,’ कोइरालाले भनेका थिए।
कोइरालाको सचिवालयले भने यो भेला भएको बताए पनि यहाँ के विषयमा छलफल भयो भन्ने खुलाएको छैन।
‘भेला भएको हो, तर यहाँ उठेका विषयवस्तुहरूबारे जानकारी भएन,’ कोइरालाको सचिवालयले भन्यो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












