शेखर कोइराला समूहका ८ नेताको धुलिखेल भेला
काठमाडाैँ । कांग्रेस नेता डा. शेखर कोइरालाले माघ २७ गते धुलिखेलमा आफूनिकट केही केन्द्रीय सदस्यहरूको भेला राखे।
कोइरालाले आफूनिकट ८ जना केन्द्रीय सदस्यसँग धुलिखेलको आगन्तुक रिसोर्टमा २४ घन्टा बिताएका थिए। यो भेलाबारे बाहिर कतै पनि औपचारिक रुपमा जानकारी दिइएको छैन।
प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थिति, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको म्याद समाप्त हुन लागेका बेला कोइरालाले त्यसै सेरोफेरोमा रहेर निकस्थहरूसँग छलफल गरिएको बुझिएको छ।
स्रोतका अनुसार भेलामा युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, गुरुराज घिमिरे, दीपक गिरी र बद्री पाण्डे थिए।
केन्द्रीय सदस्य चन्द्र भण्डारीले यो भेलाले कांग्रेसभित्रको आन्तरिक राजनीतिमा एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको बताए। ‘कांग्रेसको आन्तरिक राजनीति अहिले जे जस्तो छ, हामी एक ठाउँमा उभिएर अघि बढ्ने सहमति भएको छ,’ भण्डारीले भने।
कोइराला आगामी पार्टी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने जोडमा छन्। त्यसकारण उनले आफूनिकटहरूलाई पार्टी महाधिवेशनमा आफ्नो पक्ष बलियो पार्ने रणनीतिका साथ यो भेला गरेको बुझिएको छ।
‘भेलामा सहभागीले आधिकारिक रुपमै सभापतिको उम्मेदवार घोषणा गरेर अघि बढ्न सुझाव दिएका थिए,’ सहभागी एक नेताले भने, ‘कोइरालाले यस विषयमा सोचविचार गर्ने बताउनुभयो।’
आधिकारिक घोषणा गरेपछि जनमत सिर्जना हुने दाबी केन्द्रीय सदस्यहरूको थियो।
कोइराला सभापतिका अन्य आकांक्षीहरूको समूह नै रहेकाले कसरी मिलाउने भन्ने ध्याउन्नमा छन्। महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी गरिरहेका छन्।
त्यसबाहेक वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र विमलेन्द्र निधिले सभापतिको आकांक्षा गरिरहेका छन्। यी सबैलाई मिलाएर जान कोइरालालाई चुनौती छ।
भेलाका सहभागी नेताहरूले यी आकांक्षीलाई मिलाउने जिम्मा कोइरालालाई नै दिएको स्रोतले बतायो।
‘उहाँले सबै आकांक्षीहरूसँग आफ्नो कुरा भइरहेको र संवाद जारी राख्ने बताउनुभएको थियो,’ स्रोतले भन्यो।
भेलामा सभापति शेरबहादुर देउवानिकट युवा केन्द्रीय नेताहरूलाई पनि एकाकार गर्न सक्नुपर्नेमा जोड दिइएको थियो।
वर्तमान कांग्रेस नेतृत्व पूर्णरुपमा असफल भएको भेलाको निष्कर्ष थियो। जनतासँग संवाद गर्न नसकेको, कार्यकर्तालाई न्याय नगरेको, लोकतान्त्रिक मूल्य मान्यताअनुसार अघि नबढेको, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न नसकेको र पद र पैसाको लागि सम्झौता गरेर हिँडेकाले नेतृत्व परिवर्तन अपरिहार्य रहेको भेलामा नेताहरूले जोड दिएका थिए।
त्यसैगरी, राष्ट्रिय राजनीतिमा अहिले जे जस्ता घटनाक्रम भइरहेका छन्, त्यो कसले र किन गरिरहेको छ भनेर नेतृत्वले बुझाउन नसकेको, पार्टीभित्रै संवाद सञ्चालन गर्न नसकेको जस्ता आरोप लगाइएको थियो।
भेलाले नेतृत्व परिवर्तनसँगै समयसापेक्ष रुपमा नीतिमा पनि परिमार्जन गरेर जानुपर्नेमा जोड दिएको थियो।
‘समाजवादको पुनर्व्याख्या, राष्ट्रियताको पुनर्व्याख्यासँगै अन्तर्राष्ट्रिय सम्बन्ध र सांगठानिक संरचनाका बारेमा स्पष्ट नीति लिएर अघि बढ्नुपर्ने बैठकको जोड थियो,’ स्रोतले भन्यो।
वर्तमान सरकारलाई सहज तरिकाले बहिर्गमन गराउन निकै गाह्रो रहेकाले यसलाई विस्थापन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दबाब सिर्जना गर्नुपर्ने कोइरालाले बताएका थिए।
‘म व्यक्तिगत रुपमा नागरिक समाज र अन्तर्राष्ट्रिय रुपमा पनि संवाद गरिरहेको छु,’ कोइरालाले भनेका थिए।
कोइरालाको सचिवालयले भने यो भेला भएको बताए पनि यहाँ के विषयमा छलफल भयो भन्ने खुलाएको छैन।
‘भेला भएको हो, तर यहाँ उठेका विषयवस्तुहरूबारे जानकारी भएन,’ कोइरालाको सचिवालयले भन्यो।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












