उपलब्धिलाई गुम्न दिँदैनौँ, आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो उपलब्धिलाई गुम्न नदिने बताएका छन्।
पेरिसडाँडामा आयोजित शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उपलब्धिलाई गुम्न दिँदैनौँ, फेरि पनि बलिदान दिन तयार छौँ भनेर संकल्प गर्ने दिन आवश्यक छ।’
केपी ओलीहरूले हजारौँ शहीदहरूले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न नदिने बताए। ‘ओलीहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठूलो भ्रममा छन्’ उनले भने, ‘त्यसो हो भने छिट्टै भ्रम मुक्त हुँदा राम्रो हुन्छ।’
हजारौँ कंकालहरू चिहानबाट बाहिर निस्केर परिवर्तनलाई रोक्न खोज्नेहरूका विरुद्ध धावा बोल्ने उनले बताए। दक्षिणपन्थी र प्रतिक्रान्तिको कित्तामा तुलना गर्दै ७ दशकपछि लामो इतिहासलाई मेटाउन खोजेको आरोप लगाए।
‘प्रधानमन्त्री र सरकारको तर्फबाट अहिलेसम्मको प्राप्तिमाथि घात भएको छ। नेपाली जनताले लामो समयको बलिदानिबाट प्राप्त संविधान र उपलब्धि भएको छ’ उनले भने, ‘आन्दोलनको क्रममा धेरै मरे, हामी बाँचेका छौँ। बेपत्ता घाइते योद्धाहरूले ल्याएको उपलब्धिलाई कुच्चिन दिनै छैनौँ।’
Comments
अरु समाचार
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...
-
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने...
-
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...