परिवर्तन विरोधी ओलीलाई नेतृत्व स्विकार्नु पर्ने बाध्यताका कारण पार्टी फुटको अवस्था पुग्योः नेता पुन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री गणेशमान पुन `रश्मी´ले परिवर्तन विरोधी केपी शर्मा ओलीलाई नेतृत्व स्विकार्नु पर्ने बाध्यताका कारण पार्टी फुटको अवस्थामा पुगेको बताएका छन ।
नेकपा बाग्लुङले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रधानमन्त्री केपी शर्मा ओली महिला, दलित, जनजाति, गरिब, मधेसी तथा अन्य पिछडा वर्गको अधिकार तथा प्रतिनिधित्व समेत स्विकार गर्न नसक्ने गैर कम्युनिष्ट नेताको भएको आरोप लगाएका हुन् ।
नेता पुनले २०५२ फागुन १ गते जनयुद्धको सुरुवात गर्दा आफ्नै नेतृत्वमा रुकुमको आठविसकोटमा आक्रमण गरेको स्मरण गर्दै उक्त कदम ऐतिहासिक पहलकदमीको रुपमा लिइएको जनाए । यस्तै, तत्कालीन माओवादीले राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका निम्ति युद्धको सुरुवात गरेको जनाएका हुन् ।
यस्तै, उनले जनयुद्धले उठाएको विषय मुद्दाले भनेजस्तै नभएपनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन सफल भएको जनाएका छन् । भने, दलाल तानाशाही शासन सत्ताको अन्त्य गरेपनि परिवर्तनलाई जनता समक्ष पुर्याउन नसकिएको स्विकार गरेका छन् ।
राजनीतिक रुपले मात्र परिवर्तन भएर नहुने भन्दै उनले आर्थिक सामाजिक तथा सांस्कृतिक रुपले समेत परिवर्तन हुन पर्ने उनको जिकिर थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












