जनयुद्धको उद्गमन भुमि रुकुममा विभिन्न कार्यक्रम गर्दै मनाइयो जनयुद्ध दिवस
शहिदको सपनालाई कुल्चेर संविधानको अपहरण गर्न खोजियो: नेता ओली
रुकुम पूर्व । रुकुम –पूर्वमा आज विभिन्न कार्यक्रमको गरि जनयुद्ध दिवस मनाइएको छ । जिल्लाको विभिन्न ठाउँमा फरकफरक कार्यक्रमको आयोजना गरि २६ औ जनयुद्ध दिवस मनाइएको हो ।
जनयुद्ध दिवसको अवसर पारी सिस्ने गाउँपालिका वडा नम्बर ६ मा आयोजना गरिएको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता उद्धघाटन गर्दै नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओलीले देशमा भएको आमुल परिवर्तन जनयुद्धकै उपज भएको बताउनुभएको छ । सम्पूर्ण नागरिकको हक अधिकारलाई संस्थागत गर्न जनयुद्धले बलियो जगको रुपमा काम गरेको नेता ओलीले बताउनुभयो ।
२०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोहको सुरुवात गर्दा प्रतीक्रियावादीले जनयुद्धलाई गुलेली खेलको संज्ञा दिएको स्मरण गर्दै त्यहि जनयुद्धले एकपछि अर्को सफलता हासील गर्दै गएको बताउनुभयो । अहिलेको सरकारले देशमा आएको आमुल परिवर्तनको उजागर गर्ने सहिदको सपनालाई कुल्चेर संविधानालई अपहरन गर्न खोजेको बताउनुभयो ।
विधि र विधानलाई कुल्चेर गर्ने हरेक निर्यायको विरुद्धमा आवाज उठाउन सम्पूर्ण नागरिकलाई उहाँले आग्रहसमेत गर्नुभएको छ । यस्तै कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले देश अहिले असामान्य परिस्थितीतर्फ गइरहेको अवस्थामा सबै एकढिक्का हुनपर्ने बताउनुभयो । हजारौ त्याग तपस्था र बलिदानबाट प्राप्त गरेको यो परिवर्तनलाई दबाउन खोजेको भन्दै त्यसको विरुद्धमा सबै एक हुनुपर्ने उहाँको भनाई छ ।
यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले जनयुद्धबाट जन्मिएको गणतन्त्रले नागरिकका हक अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । राजतन्त्रको अन्त्य गरेको जनयुद्धले देशमा आमुल परिवर्तन ल्याएको बताउदै अध्यक्ष बरालले यहि परिवर्तनलाई अहिलेको सरकारले देखिनसहेको र त्यसको बिरुद्धमा अनेक चाल चालिरहेको बताउुनभयो । सरकारको असंवैधानीक कदमको विरुद्धमा एक हुन सबैलाई अधयक्ष बरालले आग्रहसमेत गर्नुभएको छ ।
जनयुद्ध दिवसको अवसरमा आयोजना गरिएको वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सिस्ने गाउँपालिका ६ नम्बर वडाध्यक्ष सुधन रेग्मिीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओलीको प्रमुख, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालको विशेष आतीथ्यता रहेको थियो ।
यसैगरी कार्यक्रममा नेकपा लुमिबनी प्रदेश कमिटी सदस्य भिउमान घर्ती, कृष्ण रेग्मि, नेकपा सिस्ने गाउँपालिका इन्चार्ज वासुदेव गौतम, सिस्ने गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुधन रेग्मि, २ नम्बर वडाध्यक्ष जिवन केसीलगाएत जिल्लास्थित नेकपाका नेता कार्यकर्ता, संघसंस्थाका प्रमुख एवम् प्रतिनीधि, जेष्ठ नागरिक, जागरिक समाज, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनीधि, पत्रकारलगाएतको उपस्थिती रहेको थियो ।।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












