केपी ओली प्रवृतीलाई परास्त गर्न एक हौँ: नेता पुुन
रुकुम-पूर्व । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य एवम् पूर्व आपूर्ती मन्त्रि गनेशमाण पुनले केपी प्रवृतीलाई परास्त गर्नुपर्ने बताउनुभएको छ । उहाँले देशमा हाबि भएको केपी प्रवृतीले आम नागरिक र देशलाई नै उधोगतीतिर धकेलीरहेको बताउदै अब सबै कम्यूनिष्ट विचार धारा भएकाहरु एकजुट भएर केपी प्रवृतीलाई परास्त गर्नुपर्ने बताउनुभएको हो ।
नेपाल कम्यूनिष्ट पार्टी नेकपा रुकुम (पूर्व) को बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘केपी प्रवृती क्रान्तिको लागि उल्टो प्रवृती हो’, पूनले भन्नुभयो,‘यस्तो खालको गुटबन्दि प्रवृतीले कम्यूनिष्टको सपना र विचारलाई हराइदिन्छ ।’ देशले संघियता, समाजवाद उन्मुख व्यवस्था खोजेको बेलामा केपीले कार्यदिशा नै बदलेर गरिरहेको मनपरीलाई रोक्न सबैले आवाज उठाउनुपर्ने उहाँको भनाई छ । अहिले कार्यदिशा एकातीर र केपी प्रवृती अर्कोतीर ढल्किरहेको नेता पुनले बताउनुभयो ।
सच्चा कम्यूनिष्ट नहुँदा र पार्टीको मुल्य, मान्यता र विचारलाई भुल्दा केपी प्रवृती जन्मिने नेकपाका नेता पुनले बताउनुभयो । केपी प्रवृती भनेको कम्यूनिष्ट भित्र छिरेको तानासाही र सामन्ती प्रवृती हो, उहाँले भन्नुभएको छ । पहिले राज्य व्यवस्था परिवर्तनकै लागि क्रान्ति गरेका कम्यूनिष्ट विचारधाराका केहि नेताहरु केपी गुटमा गएको र उनिहरु अहिले कहाँ आएछु भनेर आफै झस्किरहेको पनि उहाँले बताउनुभयो ।
अहिले एकपछि अर्को असंवैधानीक कदमहरु चालिरहेका प्रधानमनत्री केपी शर्मा ओलीलाई गाली गरेर मात्र नहुने बताउदै उहाँले पहिले आफु कुन विचारधारालाई समात्ने भन्ने कुरामा प्रष्ट हुने र त्यहि विचारधारा लिएर गाउँगाउँमा गएर सबैलाई प्रष्ट पार्नुका साथै एक जुट भएर प्रतिगमणको विरुद्धमा उठ्नुपर्ने नेता पुनले बताउनुभयको छ ।।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












