प्रधानमन्त्री ओलीको प्रश्न- निर्वाचन हुँदा प्रतिगमन हुन्छ ?
काठमाडाैँ । प्रधानमन्त्री केपी ओलीले जनताले आफूप्रति गरेको विश्वास पूरा हुन नदिन खोजिएपछि निर्वाचनतर्फ गएको बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जनताले आफूप्रति गरेको विश्वास र जनताका बीचमा आफूले गरेका कबुल पूरा हुन नदिएपछि आफूले ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।
उनले जनादेशका लागि जनताको बीचमा जाँदा प्रतिगमन नहुने बताए । निर्वाचनमा जानुलाई प्रतिगमन भन्ने हो भने यसलाई रोक्नै नसकिने उनले बताए ।
‘प्रतिनिधिसभाको विघटन आर्थात् विघटको सिफारिसलाई संविधानको विपरित, जनादेशको अबहेलना र प्रतिगमनजस्ता आपत्तिजनक आरोप लगाइएको मैले सुनेको छु,’ उनले भने, ‘उहाँहरु के लाई प्रतिगमन भनिरहनुभएको छ ? के हो प्रतिगमन भनेको ? निर्वाचन हुँदा प्रतिगमन हुन्छ ?’
उनले बैशाखमा निर्वाचन हुने उल्लेख गर्दै आयोग र सरकार त्यसको तयारीमा रहेको बताए । बैशाखमा निर्वाचन सम्भव छैन भन्नेहरुलाई ओलीको प्रश्न थियो– राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?
‘मैले बैशाख १७ र २७ मा निर्वाचन गर्छु भनिरहेको छु, आयोग त्यसको तयारीमा छ,’ उनले भने, ‘उहाँहरु राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पल्टाउनुहुन्छ ?’
उनले विजयी हुनेलाई काम गर्न नदिने र पराजित हुनेले पराजित भएको ठाउँ नै मलाई चाहियो भन्ने गरेकोले समस्या निम्त्याएको बताए ।
‘आफू र आफ्नो स्वार्थलाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रणाली र मूल्य मान्यतालाई धरापमा कार्ने कार्य कदापी उचित हुँदैन,’ उनले भने, ‘त्यसैले मैले ताजा जनादेशका लागि निर्वाचनको बाटो रोज्नु विधिसम्मत हो ।’
नेकपाभित्र भइरहेका गतिविधि अस्वस्थ र अलोकतान्त्रिक भएको उल्लेख गर्दै उनले त्यो संविधानसम्मत नभएको बताए । ‘नेकपाभित्र नेताहरुबाट जुन खालका अस्वस्थ गतिविधि भइरहेका छन् ती अलोकतान्त्रिक र गैरजिम्मेवार छन् । ती संविधानसम्मत हुने कुरै छैन,’ उनले भने ।
उनले निर्वाचनमा जाँदा पार्टी विभाजित गर्ने नभए एकता कायम हुने बताए । ‘निर्वाचनमा जाने भनेको पार्टीलाई एकजुट बनाउने हो, अरु पार्टीलाई पनि एकजुट बनाउने हो,’ उनले भने, ‘लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीलाई विभाजित गराउँदैन, बरु एक बनाउँछ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












