प्रचण्ड-नेपाल समूहले स्वेतपत्रको सट्टा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने
काठमाडाैँ । नागरिकसामु आफ्ना कमीकमजोरी र भविष्यका कार्ययोजना प्रस्तुत गर्न प्रचण्ड-नेपाल समूहले प्रतिबद्धता पत्र जारी गर्ने तयारी गरेको छ ।
प्रतिबद्धता पत्र तयार गर्न नेकपा प्रचण्ड-नेपाल समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा भीम बहादुर रवाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुजी पन्त, वर्षमान पुन र लिलामणि पोखरेल रहेका छन् ।
प्रतिबद्धता पत्रमा विगत, वर्तमान र भविष्य तीन वटै कुरामा पार्टीका दिशा कस्तो हुने भन्ने विषय प्रस्तुत गरिने सदस्य वेदुराम भुसालले जानकारी दिए ।
‘विगतमा हामीले स्वेतपत्र जारी गर्ने भनेका थियौं । स्वेतपत्रमा विगतका काम मात्रै समेटिने भएकाले यसमा भविष्यको बाटो र नीतिलाई राख्दै आफ्ना कमीकमजोरीको आत्मालोचना गर्दै नागरिकसामु पार्टीको प्रतिबद्धता सार्वजनिक गर्नेबारे छलफल भएको छ,’ भुसालले भने ।
संसद् विघटनविरुद्धको आन्दोलनलाई सशक्त बनाउन प्रतिबद्धता पत्रले सहयोग पुर्याउने प्रचण्ड-नेपाल समूहको निष्कर्ष छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












