भारतीय नेताको विवादास्पद अभिव्यक्तिबारे नेपालको ध्यानाकर्षण
काठमाडौँ। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले ध्यानाकर्षण गराएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार भारत सरकारलाई औपचारिक रुपमा ध्यानाकर्षण गराएको बताएका छन् । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव देवले शनिबार भाजपाका तत्काललिन अध्यक्ष तथा गृहमन्त्री अमित शाहबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपाल सरकारको ध्यानाकर्षण भएको हो ।
शाहले नेपालमा पनि भाजपाको संगठन बनाउने र सरकार नै गठन गर्ने तयारी गरेको भन्दै देवले दावी गरेका थिए ।
देवको अभिव्यक्तिलाई लिएर भारतका अन्य नेताहरुले पनि आलोचना गरेका थिए ।
देवले शाहले भाजपाको अध्यक्ष रहेका बेला एक बैठकमा त्यस्तो योजना सुनाएको दावी गरेका थिए । तर उनले कुनै प्रमाण भने सार्वजनिक गर्न सकेनन् ।
यसबारे विवाद चर्को हुन थालेपछि परराष्ट्रमन्त्री ज्ञवालीले ट्वीटरमार्फत औपचारिक रुपमा आपत्ति व्यक्त गरिसकिएको बताएका हुन् । यसवाहेक नेपाली कांग्रेसका नेता डा प्रकाश शरण महत, नेकपा दाहाल पक्षीय नेता विष्णू रिमाल लगायत नेताहरुले पनि उक्त अभिव्यक्तिबारे ध्यानाकर्षण गरेका थिए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












