कांग्रेस बैठक बस्दै : महाधिवेशनको कार्यतालिका र आन्दोलनको रणनीतिबारे छलफल
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार पनि बस्दै छ ।
बुधबारको बैठकमा पेस भएका एजेण्डामाछि छलफल गर्न आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।
केन्द्रीय समितिको बुधबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरिएको थियो । यस्तै पार्टी महाधिवेशन र वर्तमान राष्ट्रिय राजनीतिका विषयमा पनि बैठकमा छलफल भइरहेको छ ।
काँग्रेसले १४ औँ महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । यस्तै गाउँनगरको वडा अधिवेशन असार २० गते,गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते,प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते,प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते,एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।
केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संशोधनको आवश्यकता औँल्याएको छ। हिजोको बैठकमा पौडेलले उक्त मितिलाई परिमार्जनसहित अगाडि सार्नुपर्ने धारणा राखेका थिए । तत्लो तहको अधिवेशनको मिति व्यवहारिक नभएको उनको भनाइ थियो ।
संसद विघटनविरुद्धमा गरिएका आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमबारे पनि छलफल हुने महामन्त्री पूर्णबहादुर खड्का जानकारी दिए । अब शक्ति प्रदर्शनका रुपमा विरोधका नयाँ कार्यक्रम ल्याउनुपर्नेमा नेताहरुको जोड छ ।
यी सबै विषयमा संसद विघटनबारे सर्वोच्चको फैसलापछि निर्णय लिने वा आज भन्नेमा पनि काँग्रेसमा अन्यौलता देखिन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












