सभापति देउवाले भनेः आन्दोलन गर्न हामीसँग पैसा छैन, जबरजस्ती बोलाउन सक्दैनौं
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय नआउँदासम्म आफ्नो पार्टीले कुनै कदम नचाल्ने बताएका छन् ।
नेपाल मगर संघ गण्डकीको प्रथम सम्मेलनलाई बिहीबार पोखरामा सम्बोधन गर्दै बिहीबार सभापति देउवाले अदालतले संसद् पुनर्स्थापना वा चुनाव जुन पक्षमा फैसला गर्छ कांग्रेस त्यसैकै पक्षमा रहने बताएका हुन् ।
`प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेर देश दुर्घटनातर्फ धकेलेका छन् । यो ठीक हो/होइन अदालतले फैसला गर्छ,´ उनले भने, `यसबारे अदालतले जे फैसला गर्छ, हामी त्यसैको पक्षमा हुन्छौं ।´
नेकपा प्रचण्ड-नेपाल समूहले गरिरहेको प्रदर्शनबारे बोल्दै देउवाले पैसा हुनेले टाढा-टाढाबाट कार्यकर्ता बोलाउन सम्भव भए पनि आफूहरूसँग त्यो हैसियत नभएको बताए ।
पैसा नहुँदा आफ्ना क्रियाशील सदस्य पनि जुलुसमा नआउने भन्दै उनले व्यङ्ग्य गरे । `हामी त्यति जुलुस निकाल्न सक्दैनाैं, किनकि हामीसँग पैसा छैन,´ उनले भने, `क्रियाशील लिनेबेला मारामार हुन्छ, जुलुसमा क्रियाशील पनि आउँदैनन् ।´
Comments
अरु समाचार
-
खाँदबारी–किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह
काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक...
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले औद्योगिक क्षेत्रले भोग्नु परेको समस्या र औद्योगिक सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका...
-
पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ । “मित्रराष्ट्र भारतका...
-
काम गर्ने इच्छा भए देशमा प्रशस्त सम्भावना छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधान एवम सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने...
-
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको शपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री...
-
सांसदको भूमिका दल सापेक्ष नै हुन्छ : नेता भट्टराई
काठमाडौं, संसदमा विचाराधीन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारूढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ। संघीय संसदका सदस्यहरूले विधेयकहरूमा खुला...
-
जनताका आकाङ्क्षा पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्छ: महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ...
-
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...