विप्लवलाई वार्ताका लागि आह्वान गर्ने सरकार तयारी
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरेको छ ।
विप्लवले शनिबारमात्रै एक विज्ञप्ति जारी गर्दै सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको बताएका थिए । लगत्तै सरकारको यस्तो धारणा आएको हो ।
वर्तमान सरकारमा रहेका एक मन्त्रीका अनुसार सरकारले विप्लव समूहलाई औपचारिक रूपमा वार्ता आह्वानको तयारी गरेको छ । एक–दुई दिनभित्रै वार्ता–आह्वान गरिने उनले जानकारी दिए । सरकारले पहिले वार्ताका लागि आह्वान गर्ने र त्यसपछि प्रतिबन्ध फुकुवाको तयारी गरेको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि विप्लव समूह वार्तामा बस्न तयार भए आवश्यक वातावरण बनाउने जानकारी दिए । “उहाँहरू शान्तिपूर्ण धारमा आउन चाहेमा सरकारले आवश्यक सबै वातावरण मिलाउँछ,” ज्ञवालीले भने ।
वर्तमान सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता सरकारले विप्लव समूहमाथि धरपकड तीव्र बनाएको थियो । तर, पछिल्लो समय भने सरकारले विप्लव समूहसँग अनौपचारिक वार्ता–संवाद प्रक्रिया अघि बढाएको थियो ।
गएको माघ २० गते खानेपानीमन्त्री तथा नेकपा ओली समूहका स्थायी कमिटी सदस्य मणिचन्द्र थापा नख्खु जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली भेट्न पुगेका थिए । सरकारले विभिन्न माध्यमबाट वार्ताको प्रयास गरेपछि विप्लव समूहले पनि वार्तामा बस्न राजी भएको सन्देश पठाएको बुझिएको छ ।
“हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ,” विप्लवले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












