तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’, ‘प्रचण्ड’द्वारा विमोचन हुदै
जनयुद्धका ११२ चिठीपत्र समेटिएको 'जनयुद्धका हस्ताक्षर'
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) युवा विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचन हुदै छ ।
जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा ‘जनयुद्धका हस्ताक्षर’ फागुन ११ गते (भोली) मंगलबार प्रज्ञा भवन कमलादीमा विहान १० बजे एक कार्यक्रमकाबीच विमोचन
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा भएका विभिन्न ११२ वटा चिठी पत्रहरुलाई सम्पादन गरेर तिलकराज भण्डारीले पुस्तकका रुपमा ल्याएका हुन् ।
‘जनयुद्धको क्रममा आदरणीय कमरेडहरुका निर्देशनमुलक र वैचारिक पत्र व्यवहारलाई संगठित गरेको छु, क्रमश अन्तरजिल्ला, जनमुक्ति सेनामा कार्यरत योद्धाहरुको पत्राचारलाई समेट्ने प्रयास भएको छ,’ सम्पादक भण्डारीले पुस्तकमा उल्लेख गरेका छन् ।
२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमा भूमिगत राजनीतिमा होमिएका थिए ।
२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए ।
त्यसबेला जनयुद्ध व्यवस्थापनदेखि भिविन्न आक्रमण हुँदा चिठी पत्र आदनप्रदान हुन्थे । ती चिठीपत्रलाई संकलन गरेर राखेका भण्डारीले पुस्तकका रुपमा सम्पादन गरेका हुन् ।
जनयुद्धका ११२ वटा चिठीपत्र समेटिएको पुस्तकको विमोचन जनयुद्धका सुप्रिमो कामण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार एक कार्यक्रमकाबीच विमोचन गर्दैछन् ।
कार्यक्रममा वक्ता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई, युवा नेता रमेश मल्ल र समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराई रहने छन ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












