जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्धको हस्ताक्षर’ प्रचण्डद्वारा विमोचन
नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन्।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्रहरु समेटेर भण्डारीले पुस्तकको रुप दिएका हुन्। पुस्तकमा ११२ वटा चिठी पत्रहरु छन्।
यसरी पत्र लेख्नेहरु केही सहिद भइसकेका छन् भने केही बेपत्ता छन्। पुस्तकमा समावेश चिठ्ठीले त्यतिबेलाको जनयुद्दको जास्तविक धरातल बुझ्न सहयोग पुर्याउने विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्।
पुस्तक विमोचनपछि बोल्दै अध्यक्ष प्रचण्डले जीवन्त दस्तावेजको रुपमा जवनयुद्धको हस्ताक्षर रहेको बताए। औपचारिक पुस्तक पढ्दा फरक खालको अनुभूति हुने भए पनि अनौपचारिक विषयका पुस्तक पढ्दा आनन्दको अनुभूति आउने र त्यहाँ भएका कुराहरुलाई भित्रैदेखि अनुभव गर्न सकिने बताए।
उनले भने, ‘पुस्तकमा समवेदना, आवेग र पीडाहरुलाई ब्यक्त गरेको छ । यसमा जनयुद्दका सम्झनाहरु ताजा बनेर आएका छन् । यो एउटा पुस्तक मात्र नभएर इतिहासको जिवित दस्तावेज हो।’
उनले पुस्तक पढ्दा युद्का अविस्मरणीय दिनहरु सम्झना हुने र त्यतिबेलाको संवेग, भावना, विचार र तीव्रतालाई बुझ्न सकिने बताउँदै भने, ‘यो पुस्तकले नयाँ पुस्तालाई हिजोको परिस्थिति बुझ्ने मौका पनि दिनेछ।’
प्रचण्डले यसअघि पढेका जनयुद्धका पुस्तकभन्दा यो पुस्तक मौलिक रहेको बताए ।
२०५४ सालमा अखिल (क्रान्तिकारी)मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमको भूमिगत राजनीतिमा होमिएका थिए।
२०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए। पछि उनी विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष भएका व्यक्ति हुन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












