प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका छन्।
मंगलबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं प्रतिनिधि सभा पुनर्स्थापना नहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनर्स्थापना भएमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएका हुन्।
‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयो?,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छ?’
पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएकोसमेत ओलीले जिकिर गरे।
‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छ? कुनै सम्भावना छ प्रधानमन्त्री हुने? एकभन्दा पनि तल तल प्रतिशत छैन उहाँहरूको सम्भावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिँडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’
उनले पार्टीको चुनाव चिन्हबारे पनि भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे। प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको भन्दै उनले आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण गराए।
उनले लोकतन्त्र र संविधान तलमाथि पर्न नदिने दाबी गर्दै देश ठिक बाटोमा जाने विश्वास दिलाए।
जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न आफू तयार भएर हिँडेको भन्दै उनले डिफेन्सिफ नभएकोसमेत बताए। केही दिन अगाडि प्रचण्डले ओली डिफेन्सीफ भइसकेको बताएका थिए।
आजै आफ्नो ७० औं जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले आफू ७० वर्ष पुगेकोले खुसी नभएको बताए। असी पुग्न १० वर्ष बाँकी रहेको भन्दै उनले बाँचिएको र स्वस्थ्य भएकोले आफू खुसी नै रहेको प्रतिक्रिया दिए।
उनले युवाहरूलाई झिँगा होइन कर्मी माहुरी हुन पनि आग्रह गरेका छन्। अहिले पनि आफू युवा नै रहेको भन्दै उनले १८ घण्टा काम गर्ने गरेको सुनाए।
‘म बुढो हुन मिल्दैन। म युवा संघको आजीवन सदस्य छु। युवा संघको सदस्य बूढो हुन मिल्यो?,’ उनले भने।
उनले कुनै पनि तहका संगठनमा गुटबन्दी नहुनेसमेत स्पष्ट पारे। ‘हाम्रा कुनै पनि जनवर्गीय वा पेशागत संघ संगठन गुटबन्दी फाटो तछाडमछाड केही हुन्’, उनले भने,‘यो प्रचण्ड-माधव नेपालको संगठन होर त्यस्तो हुन्छ? यहाँ त्यस्तो हुन मिल्दैन एकताबद्द भएर अगाडि बढनुहोस्।’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












