प्रचण्ड–माधव प्रधानमन्त्री खोज्दै मैकहाँ आइपुग्न बेर छैन : प्रधानमन्त्री
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका छन्।
मंगलबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दैं प्रतिनिधि सभा पुनर्स्थापना नहुने जिकीर गरेका प्रधानमन्त्री ओलीले यदि पुनर्स्थापना भएमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना नरहेको बताएका हुन्।
‘जस्तोसुकै परिस्थिति आए पनि सामना गर्छु भन्दा डिफेन्सिफ भयो?,’ प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यसलाई लगेर प्रतिनिधि सभा विघटन बदर हुने भएछ त्यसकारण यसो भन्यो भन्न मिल्छ?’
पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएकोसमेत ओलीले जिकिर गरे।
‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ। प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ। उहाँहरूको कुनै चान्स छ? कुनै सम्भावना छ प्रधानमन्त्री हुने? एकभन्दा पनि तल तल प्रतिशत छैन उहाँहरूको सम्भावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिँडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न।’
उनले पार्टीको चुनाव चिन्हबारे पनि भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे। प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको भन्दै उनले आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण गराए।
उनले लोकतन्त्र र संविधान तलमाथि पर्न नदिने दाबी गर्दै देश ठिक बाटोमा जाने विश्वास दिलाए।
जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न आफू तयार भएर हिँडेको भन्दै उनले डिफेन्सिफ नभएकोसमेत बताए। केही दिन अगाडि प्रचण्डले ओली डिफेन्सीफ भइसकेको बताएका थिए।
आजै आफ्नो ७० औं जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले आफू ७० वर्ष पुगेकोले खुसी नभएको बताए। असी पुग्न १० वर्ष बाँकी रहेको भन्दै उनले बाँचिएको र स्वस्थ्य भएकोले आफू खुसी नै रहेको प्रतिक्रिया दिए।
उनले युवाहरूलाई झिँगा होइन कर्मी माहुरी हुन पनि आग्रह गरेका छन्। अहिले पनि आफू युवा नै रहेको भन्दै उनले १८ घण्टा काम गर्ने गरेको सुनाए।
‘म बुढो हुन मिल्दैन। म युवा संघको आजीवन सदस्य छु। युवा संघको सदस्य बूढो हुन मिल्यो?,’ उनले भने।
उनले कुनै पनि तहका संगठनमा गुटबन्दी नहुनेसमेत स्पष्ट पारे। ‘हाम्रा कुनै पनि जनवर्गीय वा पेशागत संघ संगठन गुटबन्दी फाटो तछाडमछाड केही हुन्’, उनले भने,‘यो प्रचण्ड-माधव नेपालको संगठन होर त्यस्तो हुन्छ? यहाँ त्यस्तो हुन मिल्दैन एकताबद्द भएर अगाडि बढनुहोस्।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












