देउवाको बिफ्रिङ- नेकपाका दुबै समूहबाट प्रस्ताव आइरहेका छन्
काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि आफू निकटका नेताहरूसँग छलफल गरेका छन्।
आज बिहान सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका हुन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको र बदलिँदो राजनीतिक घटनाक्रमबारे नेताहरूसँग देउवाको कुराकानी केन्द्रीत थियो।
नेकपाका प्रचण्ड-माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेका थिए। देउवाले यसबारे पार्टीमा छलफल गर्ने बताएका थिए।
आज अपरान्ह ३ बजे देउवाले पदाधिकारी बैठक राखेका छन्। उक्त बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।
सभापति देउवाले समसामयिक राजनीतिक घटनाबारे कुराकानी गरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए।
देउवाले आफूनिकट नेताहरूसँग मुख्यतया नेकपामा दुइटा समूह देखिए पनि कानुनी रूपमा नेकपा सग्लो नै रहेको विफ्रिङ गरेका छन्।
साथै नेकपाका दुवै समूहले विभिन्न प्रस्ताव गर्दै आएको देउवाको भनाइ छ। यसबारे केन्द्रीय सदस्य साउदले पनि नेकपाका दुवै पक्षले प्रस्ताव गरिरहेको कुरा यसअघि नै सार्वजनिक भइसकेको र यो सामान्य विषय रहेको बताएका छन्।
‘नेकपाका दुवै समूहले कांग्रेससँग खुलेआम नै सहकार्यको प्रस्ताव गरिरहेका छन्,’ साउदले सेतोपाटीसँग भने, ‘लुकाउनुपर्ने केही कुरा छैन, यी विषय सार्वजनिक रूपले नै आइसकेका छन्।’
सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएकोले नेकपाका दुई समूह अब के गर्छन् कांग्रेसले ध्यान दिनुपर्ने पनि देउवाको भनाइ थियो।
‘नेकपाका दुइटा समूहका गतिविधि हेरेर मात्रै कांग्रेस निर्णयमा जानुपर्छ भन्ने सभापतिजीको भनाइ रह्यो,’ उनले भने, ‘दुई समूह भए पनि नेकपा त एकै पार्टी छ।’
बुधबार देउवाले महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले कि त बहुमत देखाउनुपर्ने नभए छोड्दा राम्रो हुने बताएका थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












