नवनियुक्त प्रमुख सचेतक भट्टराई भन्छन्- ‘जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु’
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेत नियुक्त गरेका सांसद विशाल भट्टराईले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताएका छन्।
प्रमुख सचेतक भट्टराईले दलको नेता र उपनेताको निर्देशनमा प्रभावकारी काम गर्ने बताए।
‘म पार्टीको कार्यकर्ता, पार्टीले दिएको जिम्मवेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु। मलाई काम गर्न सक्ने भनेरै पार्टीले जिम्मेवारी दिएको छ’, उनले भने, ‘पार्टीको विधि, विधान र संसदीय दलको मूल्य/मान्यतालाई आत्मसाथ गर्दै दलको नेता र उपनेताको निर्देशनमा दललाई प्रभावकारी बनाउने हिसाबले काम गर्नेछु।’
आज पाएको जिम्मेवारीलाई आफूले काम गर्ने अवसरको रुपमा लिएको भट्टराईले बताए। प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गुरुङलाई बर्खास्त गर्दै भट्टराईलाई आजै प्रमुख सचेतक नियुक्त गरेका हुन्।
खोटाङबाट प्रतिनिधि सभामा निर्वाचित भएका भट्टराईलाई संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा सचेतकमा नियुक्त गरिएको हो।
प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्चबाट उल्टिएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने नेकपाको माधवकुमार नेपाल–पुष्पकमल दाहाल पक्षले माग गरेको अवस्थामा ओलीले यस्तो कदम चालेका हुन्।
संसद् बैठक १३ दिनभित्र बोलाउनुपर्ने अवस्थामा संसदीय दल र संसदमा आउने अविश्वासको प्रस्तावलाई हेरेर प्रधानमन्त्रीले यस्तो निर्णय गरेका हुन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












