‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री संसदमा डटेर सामना गर्न तयार हुनुहुन्छ’: ईश्वर पोखरेल
काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चेतावनी दिएका छन्।
अनेरास्ववियुले काठमाडाैंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छ? अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।’
उनले प्रधानमन्त्रीले राजीनामा नदिने पनि दाबी गरे। सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको उनले बताए। ‘अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन’ उनले भने, ‘सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।’
ओली नेतृत्वको नेकपा सग्लो भएकाले जस्तोसुकै परिस्थिती आएपनि लड्न सक्ने बताए। ‘केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ’ उनले भने।
अब पार्टीले चुनौतीका बीचमा नयाँ ढंगबाट अगाडि जाने उनले बताए। ‘पार्टी र सत्ता कब्जा गरेर आएका अब हुँदैनन्। अब नयाँ पुस्ताबाट कम्युनिस्ट पार्टी बन्छ’ उनले भने।
आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर अर्को पार्टीको सभापतिलाई प्रधानमन्त्री बन्नु भन्दै जाने व्यक्ति कम्युनिस्ट पार्टीको नेतृत्व हुन नसक्ने उनले बताए। जनताको पक्षमा जाने निर्णयविरुद्ध लाग्ने कम्युनिस्ट आन्दोलनमा हुनै नसक्ने उनकाे जिकिर छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












