फेवातालको सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक
यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर
काठमाडाैँ । देशकै प्रमुख पर्यटकीय स्थल मध्येको एक पोखरामा रहेको फेवातालको संरक्षणका लागि गठित चारकिल्ला निधारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पत्रकार सम्मेलन मार्फत समितिको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रदेश सरकारले २ कात्तिक ०७७ मा जिल्ला विकास समिति कास्कीका पुर्व सभापति पुण्यप्रसाद पौडेलले आफ्नो सरकारको प्रतिनिधि तोकी नेपाल सरकारमा पठाएको थियो । नेपाल सरकारले सोही बमोजिम ९ सदस्य समिति गठन गरी निश्चित कार्यक्षेत्रगत सर्त समेत तोकी पठाएको थियो ।
नेपाल सरकारको निर्णयानुसार फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन गर्न तथा फेवातालको दीर्घकालीन संरक्षण एवम् समुचित प्रयोग गर्न सुझावसमेत दिन गठन भएको समितिले तीन महिनाको अध्ययन पछि तयार गरेको प्रतिवेदन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले सार्वजनिक गरेका हुन ।
यस अघि २ फागुनमा समितिका संयोजक पौडेलले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फे एवं सचिव टेकनारायण पाण्डेलाई समितिको प्रतिवेदन पेश गरेका थिए ।
सोही दिन गण्डकीका मुख्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आफ्नो सरकारको प्रतिनिधिको नेतृत्वमा आफूलाई पेश गरेको प्रतिवेदन संघीय मन्त्रिपरिषदको निर्णयका लागि हस्तान्तरण सँगै समग्र प्राविधिक प्रस्तुतीकरण समेत गरिएको थियो । त्यसपछि ११ फागुनको मन्त्रिपरिषदको बैठकले फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन सम्बन्धी निर्णय गरेको थियो ।
यस्तो छ तालको भौगोलिक सीमा, परिधि १८ किलोमिटर
चार किल्ला निर्धारण, सीमाङ्कन तथा नक्सांकन पछि तालको भौगोलिक सीमा ८३ डिग्री ५५’ ४.७१ पूर्वी देशान्तरदेखि ८३ डिग्री ५८’ १०.५२ पूर्वी देशान्तरसम्म फैलीएको छ । यसै गरि २८ डिग्री ११’ ४४.२९ उत्तरी अक्षांशदेखि २८ डिग्री १३’ ५६.२१ उत्तरी अक्षांशभित्र फैलिएको छ । जस अनुसार फेवाताल सीमारेखाको परिधि १८ किलोमिटर हुन जाने समितिको प्रतिवेदनमा छ ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












