प्रचण्ड–नेपाललाई ओलीको चुनौती– ‘विधिवत भेटौं, संसदीय दलको बैठक बोलाइदिन्छु आउनुस् न’
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् ।
प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’ उनले भने ।
विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताए । ‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं’ उनले भने ।
ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गरे । ‘अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर… । प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?’ ओलीले प्रश्न गरे ।
उनले भारतमा पनि गलहत्याएर प्रधानमन्त्री खोज्छन् भनी प्रश्न गरे ।
उनले प्रचण्ड–माधव समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गरे । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले बताए ।
‘त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र, चुनाव जितेर आएको कमिटी हो र ? पार्टी एकता र देश बनाउनका लागि दिएको हो’ उनले भने ।
ओलीले प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला आफूले हटाइदिन पनि सक्ने दावी गरे । ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ, मैले अस्तिको दिनमा संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिएँ, मैले बनाएको हो मैले हटाइदिएँ, मैले गर्ने हो ।’
ओलीले प्रचण्ड– माधव समूहको बहुमत दावी गरे पनि पुष्टि नभएको दावी गरे । ‘त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो पुष्टि भएको छैन । कार्की ब्याङ्केटमा भोज खान बोलाएर भोज खान आएकाहरुलाई म तिर यति मान्छे छन् भनेर हुन्छ ? अध्यक्षले बोलाएको बैठकमा, महासचिवले बोलाएको बैठकमा आउनुस् न ।’
अहिले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री ‘दिए खान्थेँ’ भन्ने स्थितिमा पुगेको ओलीले बताए ।
आफूले संसद विघटनपछि देशले निर्वाचनको बटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको बताए । ‘चुनावको गतिमा गइसकेको थियो, देश फेरि अन्योल अलमलमै फस्यो’ उनले भने ।
आफूहरुले सर्वोच्चको फैसला माने पनि त्यसले कुनै परिणाम नदिने ओलीले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












