ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, कम्तीमा ४० घर पसल खरानी
काठमाडौं। ताप्लेजुङको दोभान बजारमा आगलागी भइरहेको छ। हालसम्म कम्तीमा ४० वटा घर र पसल नस्ट भएको छ।
आगालागी नियन्त्रणको क्रममा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) बालनरसिंह राणाले बताए।
“आगो नियन्त्रण लिने प्रयासमा छौं, नियन्त्रण हुन लागेको छ”, डीएसपी राणाले देखापढीसँग भने, “प्रहरी, सशसत्र, नेपाली सेनासहित स्थानीयवासी आगलागी नियन्त्रणमा जुटेका छौं।”
आगलागीबाट हालसम्म मानवीय क्षति भने भएको छैन। धनमालको यकिन क्षति भन्न अहिले नै नसकिने अवस्था रहेको डीएसपी राणाले बताए।
“अहिले आगलागी नियन्त्रणसँगै मानिसहरूको उद्दार गर्ने, घरघरबाट खाद्यन्नलगायतका दैनिक उपभोग्य वस्तु जोगाउने काम पनि भइरहेको छ र कति क्षति भयो भन्ने चाहिँ अहिले भन्न सकिने अवस्था छैन”, डीएसपी राणाको भनाइ छ।
आगलागीको कारण खुलेको छैन। आज बिहान करिब ९ बजेतिरदेखि आगलागी शुरू भएको हो। विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ।
वर्ष अगाडि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि भीषण आगलागी भएको थियो। ५० भन्दा बढी घर जलेर नस्ट भएको थियो।
सोही आगलागीको घटनालाई सम्झाउने गरिको आगलागी आज जिल्लाकै दोभान बजारमा भएको हो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












