भारतसँग ‘कम्फर्टेबल’ सम्बन्धबारे प्रचण्डले दिए यस्तो प्रस्टीकरण
काठमाडाैँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँग ‘कम्फर्टेबल’ सम्बधबारे आफूले बोलेको कुरामा भइरहेको विवादबारे प्रस्टीकरण दिएका छन्।
पार्टी कार्यालय पेरिस डाँडामा बुधबार भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षले आफ्नो भनाइको भिडियो काटेर गलत प्रचार गरेको र अब बोल्दा ध्यान पुर्याउने बताए।
‘मैले सचेत रुपमा अन्तर्वार्ता दिएको थिएँ। १२ बुँदेदेखिको प्रसंगमा मैले भारतसँगको विशिष्ट सम्बन्धका बारेमा जोड दिएर कुरा गरेको हुँ’, बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने, ‘मैले चीनको कुरा पनि गरेको थिएँ। तर, ओलीका साइबर स्यालहरूले भिडियो काटेर अपव्याख्या गरे। मेरो नियत खराब थिएन।’
प्रचण्डले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्दै थपे, ‘तैपनि आगामी दिनमा बोल्दा ध्यान पुर्याउनुपर्छ भन्नेमा म सचेत भएको छु।’
प्रचण्डले केही दिनअघि प्राइम टाइम टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ‘लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरू– कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा छिमेकी भारत र चीनलाई पनि कम्फर्टेबल हुन्छ’ भनेका थिए।
जुन भिडियो काटेर ‘कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्दा भारतलाई पनि कम्फर्टेबल हुन्छ’ भन्ने बनाएर प्रचण्ड भारतसँग मिलेको भन्दै प्रचार गरिएको थियो।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












