सरकार र विप्लव नेकपाबीच ‘फास्ट ट्रयाक’मा सहमति !
काठमाडाै । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीचको वार्ता ‘फास्ट ट्र्याक’ विधिबाट टुंग्याउने समझदारी भएको छ । बुधबार एकैदिन दुई चरणमा भएको वार्ताबाट अधिकांश विषयमा सहमति जुटेको र प्रक्रियालाई ‘फास्ट ट्रयाक’मा निष्कर्षमा पुर्याउने समझदारी भएको हो ।
वार्ता प्रक्रिया लम्ब्याउँदा ‘भित्र र बाहिर’बाट भाँड्न सक्ने खतरा रहेको भन्दै दुवै पक्षले ‘फास्ट ट्र्याक’बाट वार्तालाई टुंगोमा पुर्याउने सहमति गरेका हुन् । बुधबार दुई चरणमा भएको वार्तापछि बिहीबार नै दुवै पक्षको संयुक्त पत्रकार सम्मेलन गरी सहमतिलाई सार्वजनिक गर्ने सम्भावना रहेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा डा. राजन भट्टराई सदस्य रहेको सरकारी वार्ता टोली र पार्टी प्रवक्ता खड्गबहदाुर विश्वकर्मा प्रकाण्डको संयोजकत्वमा केन्द्रीय सदस्य उदय चलाउने दीपक सदस्य रहेको विप्लव पक्षको वार्ता टोलीबीच बुधाबार दुई चरणमा भएको वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताइएको छ ।
सरकारी वार्ता टोलीका संयोजक बादलले सामाजिक सञ्जालमार्फत वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन् । ‘वार्ता सकारात्मक दिशातर्फ उन्मुख छ । धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक छन्, केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,’ गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन् ।
त्यस्तै, दोस्रो चरणको वार्ता सकिएपछि सरकारी वार्ता टोलीका सदस्य भट्टराईले पनि ‘वार्ता समान धारणानजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको’ धारणा सार्वजनिक गरे । उनले पहिलो चरणको वार्ता सकिएपछि सामाजिक सञ्जालमार्फत टोलीका तस्बिरसहित ‘वार्ता सकारात्मक दिशाउन्मुख रहेको’ बताएका थिए । तर, वार्ताको विषयवस्तु र प्रगतिबारे विप्लव पक्षबाट कुनै धारणा सार्वजनिक गरिएको छैन ।
बुधबार बिहान र दिउँसो दुई चरणको वार्तामा यसअघिका अनौपचारिक छलफलमा टुंग्याइएका विषयलाई औपचारिकता दिने काम भएको छ । गत ५ पुसको प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको प्रतिनिधिसभा विघटनको कदमपछि सरकार र विप्लव पक्षबीच तीव्र गतिमा भएको अनौपचारिक छलफलमा अधिकांश विषयमा सहमतिनजिक पुगेपछि वार्ता गर्ने विषय सार्वजनिक गरिएको दाबी छ ।
बुधबार बिहान भएको पहिलो चरणको वार्तामा सरकारले ‘हतियार बुझाउनुपर्ने’ र ‘वैधानिक शान्तिपूर्ण आन्दोलन गर्ने’ प्रस्ताव राखेको थियो । विप्लव पक्षले भने ‘प्रतिबन्ध फुकुवा’ र ‘नेता–कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र थुनामुक्त’ गर्नुपर्ने सर्त अघि सारेको थियो ।
विप्लव पक्षले राखेको प्रतिबन्ध फुकुवाको सर्तमा सरकारी पक्षले ‘वैधानिक शान्तिपूर्ण आन्दोलन गर्ने’ प्रतिबद्धता खोजेको थियो । विप्लव पक्षले ‘वैधानिक शान्तिपूर्ण आन्दोलन गर्ने’ प्रस्तावलाई संशोधन गर्नुपर्ने भनेको थियो । आफू संविधान निर्माण प्रक्रियामा नजोडिएको र चालू संसदीय व्यवस्थाको विकल्पका लागि आन्दोलनरत रहेको भन्दै विप्लव पक्षले ‘वैधानिक’ शब्दलाई हटाएर ‘शान्तिपूर्ण आन्दोलन गर्ने’ भन्ने विषय जानुपर्ने बताएको थियो ।
त्यस्तै, सरकारले राखेको हतियार बुझाउने प्रस्तावमा विप्लव पक्षले पहिले आफूहरूसँग हतियार नभएको भनेर सामान्यीकरण गर्ने प्रयास गरेको थियो । सरकारी पक्षले हतियारका विषयमा गम्भीर नहुँदा अप्ठेरो पर्ने भनेपछि विप्लव पक्षले पार्टीमा छलफल गर्ने जवाफ दिएको थियो । तर, बुधबार दिउँसो केही घन्टाको फरकमा बसेको दोस्रो चरणको वार्तापछि सरकारी वार्ता टोलीका सदस्य भट्टराईले ‘समान धारणानजिक पुगेको’ बताएका छन् । यस विषयमा थप के सहमति भयो भन्ने खुलेको छैन ।
त्यस्तै, विप्लव पक्षले राखेको आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहाइको मागमा सरकारी पक्ष सकारात्मक देखिएको छ । सरकारी पक्षले प्रक्रिया पु¥याएर जघन्य अपराधबाहेकका घटनामा पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ गर्न सकिने बताएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले माफीसम्बन्धी र मुद्दा फिर्तासम्बन्धी निर्देशिका तयार गरी गृह मन्त्रालयमा पठाइसकेको छ । स्रोतको दाबीअनुसार विप्लव पक्षसँग भएका अनौपचारिक छलफलपछि सरकारले यो निर्देशिकाको काम अघि बढाएको थियो ।
यसबाहेकका अन्य एजेन्डामा भने छलफल गर्दै अघि बढ्ने सहमति भएको छ । ‘व्यवस्था नै बदल्ने र वैकल्पिक सरकार गठनजस्ता जटिल खालका विषयमा तत्काल निष्कर्ष निकाल्नेभन्दा पनि छलफलमा लिएर अघि बढ्ने हुन्छ होला । ती विषयमा पर्याप्त छलफल गर्नुपर्ने भएकाले यसका लागि समय लाग्ने देखिन्छ,’ स्रोतको भनाइ छ । विप्लव पक्षले वार्तामा जनजीविका, प्रगतिशील राष्ट्रियता, वैकल्पिक संयुक्त सरकार गठन र संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा जनताको मत लिनुपर्ने एजेन्डा अघि सारेको छ ।
Comments
अरु समाचार
-
रास्वपाका वरिष्ठ नेता बालेन संसदीय दलको नेता चयन, प्रधानमन्त्री बन्ने बाटो खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रतिनिधिसभा संसदीय दलकोल नेता बनाउने निर्णय गरेको छ ।...
-
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद् भवनमा आयोजित समारोहमा उनीहरूले पद तथा गोपनीयताको...
-
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै...
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...












