कांग्रेस प्रतिपक्षमै रहेर देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्छ : सिंह
काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन्।
सिमरा विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसले सरकारमा जान हतार नगरी विद्यमान संकटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाब दिए। उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरेर एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए।
उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए। फरक प्रसंगमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास ग¥यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पारे।
उनी पतरौता नगरपालिका–९ कुडवा निवासी स्व रामनारयण यादवको श्राद्धञ्जलि सभामा भाग लिनका लागि बारा आएका हुन्।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












