‘घाम र जुनको पनि भेट हुँदो रहेछ’
नेपाली राजनीतिक आन्दोलनको यो नयाँ दिन हो। यो तीन बुँदे सहमति पत्र तयार र सफल बनाउन महत्त्वपूर्ण भूमिका खल्ने वार्ता टोलीका सदस्यलगायत सबैलाई धन्यवाद दिन चाहन्छु। यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र होइन, यो केही नेताको कुरा होइन। यो सहमतिको पछाडि भित्र लुकेको महान् आकांक्षा छ। नेपाल देशलाई आत्मनिर्भर, स्वाधीन र सुन्दर बनाउने सपना यो भित्र छ। यो भित्र देशमा स्थिरता र नेपाली जनताको अहिलेसम्म पूरा नभएको समृद्धिको आवाज छ।
नेपालका युवाभित्र हुर्किएको समृद्ध जीवनको चाहना यो भित्र छ। यसलाई पूरा गर्न यसको सम्पूर्ण क्षेत्रबाट सकारात्मक सहयोग पाएका छौँ। हामी खुसी छौँ र धन्यवाद भन्न चाहछौँ। आज एउटा सन्दर्भको दिन छ। अँध्यारो परिवेशमा उज्यालो देखेर झापाको सुखानीको जंगलमा ५ जनाले रगत दिएका थिए। उनीहरू देश र जनताका लागि समर्पित भएका थिए। यो दिनसँग संयोग आज जोडिएको हो। आजको दिनमा सहिदले निश्चल सपना देखेका थिए। एउटा उद्देश्य, आकांक्षा राख्दै नेपाली जनताको सुखद भविष्यको बलिदान दिनुभएको थियो।
त्योसँग जोडेर हामीले सहिद सप्ताहको रूपमा मनाउने गरेका छौं।
गाउँमा बस्दै गर्दा आज बिहान अवसर जुट्यो, सहिदका आमाले टीका लगाइदिनुभयो र उहाँले भन्नुभयो, ‘आजसम्म धेरैका इच्छा पूरा भए तर सहिद र नेपालका जनताको इच्छा पूरा भएको छैन, हामी दुःख गरिखाने नेपालीको आकांक्षा पूरा भएको छैन, त्यसैले यो सम्झेर मात्रै हस्ताक्षर गर्नुहोला।’ हामीलाई के अनुभूति भएको छ भने उहाँको कुरा सुन्दा, जुन उद्देश्य लिएर कम्युनिस्ट आन्दोलनमा लागियो। अग्रज सहभागी हुनुभयो, दुःख नपाउने कम्युनिस्ट नेता छैनन्, मृत्युको मुखमा नपुगी फर्किएको नेता पनि छैन।
यो अवसरमा म सहिदलाई सम्मान गर्छु। सहिद परिवारलाई भन्न चाहन्छु कि हामी सहिदको सपना मर्न दिँदैनौँ, हाम्रो पार्टीको प्रतिबद्धता छ। बेपत्ता, घाइते, परिवर्तनकारी आन्दोलनमा अपांग भएका योद्धा सबैलाई सम्झनुपर्छ र सम्मान गर्नुपर्छ। उनीहरूको चाहना पूरा गर्नुपर्छ। अहिले पनि १ सय ५० जना जेलमा हुनुहुन्छ। छुट्दै आउनुभएको छ। कम्रेड मञ्चन छुट्नुभएको छ। अरू पनि छुट्दै हुनुहुन्छ। हाम्रो विश्वास छ। वातावरण बनेको छ, सबै छुट्नुहुनेछ। सरकार र हाम्रो पार्टीले जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ।
समाजमा चार थरी मानिस छन्। एकथरी शोषक र उत्पीडक छन्। अर्कोतिर श्रमिक र उत्पीडित छन्, उनीहरू बोल्न सक्दैनन्। तेस्रोथरी अलिअलि गुनगुन त गर्छ, गुनासो राख्छ तर उठ्न र जाग्न सक्दैन। हामी कम्युनिस्ट अन्याय हुन्छ, मान्यता हमला भएको हुन्छ, देशमा माथि हमला भएको र अतिक्रमण भएको महसुस हुन्छ। हामी विद्रोह गर्छांै। मान्यता, आकांक्षा र देशप्रति धावा बोल्दा गिद्धे दृष्टि लगाउँछ हामी विद्रोह गर्छौं।
तर, कम्युनिस्टहरू विद्रोह मात्र गर्दैनन्। अब परिस्थिति बदलिन्छ। राज्यले भूमिका पूरा गरेको अवस्थामा कम्युनिस्ट विद्रोहको द्योतक मात्र होइन, शान्तिको दूत पनि हुन्। सम्पूर्ण उत्पीडन मिल्काएर न्यायपूर्ण समाज निर्माण गर्ने पनि कम्युनिस्ट हुन्।
हामी तीन बुँदे सहमतिमा प्रतिबद्ध छौँ, पालना गर्छौं। दृढतापूर्वक भन्छौँ। कहीँबाट आशंका र उत्तेजना, कुतर्क गर्न जरुरी छैन। हामी पालना गर्छौं। नेपाली समाज रूपान्तरण प्रक्रियामा छ। राज्यको समाजको रूपान्तरणमा पुगेको छैन। कर्णालीतिर एउटा गीत गाइन्छ। एउटा गीत छ, यो कस्तो प्रेम भयो जुन र घामको जस्तो कहिल्यै भेट नहुने’ भनेजस्तो मान्छे अनुमान गर्थे। जुन र घामको भेट हुँदैन भनेर गाइन्छ।
हामी त्यस्तै–त्यस्तै हुन थालेको जस्तो मान्छेले अनुमान गर्थे। तर, जुन र घामको पनि भेट हुँदो रहेछ। यो अगाडि पनि हाम्रो कुरा भएको थियो। मैले प्रधानमन्त्रीसँग कुरा राखेको थिएँ। नेपाली जनताको श्रममाथि बसेर मुलुक बनाउँछौं। २००७ देखि आज खण्ड–खण्डमा नेपाली समाज रूपान्तरण भइरहेको छ।
आज पनि उत्पीडित समूह सन्तुष्ट छैन। हामीले हाम्रा असहमति राख्यौँ। संविधान बन्दा, संसदीय व्यवस्थामा सहमत हुन सकेनौं, भएनौं र विद्रोह गर्यौँ। अहिले पनि हाम्रो भनाइ छ। नेपाली कसैले सुरक्षित अनुभूति गर्न सकेका छैनन्। सबै नेपाली जनता, नेतामा आफैँमाथि हाबी भएको अनुभूति छ। हरेक घटना क्रम छ। गाउँ, झुपडी, मल, सहरमा अनुभूति छ। विदेश रहेका नेपालीमा छ। जनमत र फैसला गर्ने अधिकार जनतालाई दिनुपर्छ र पाउनुपर्छ। हामी तयार छौं। युद्ध अन्त्य कसले गर्छ भने, यो कम्युनिस्टले गर्छ।
उत्पीडित अन्त्य भएपछि युद्ध पनि अन्त्य हुन्छ। यस विषयमा गम्भीर रूपमा छलफल गर्नुपर्छ। हामी खुला छौँ। हातेमालो गर्न तयार छौँ। कसैले हामीलाई हस्तक्षेप गर्यो भने कुनै विदेशीले हामीलाई हमला गर्यो, हेप्न खोज्यो भने हाम्रो जीवन यही धर्तीमा गाडिन्छ तर झुक्ने छैनौं। हाम्रो प्रतिबद्धता छ। यो जनता र राष्ट्रको निम्ति सफल पारौं।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












