एमाले बाहेकका शक्तिसँग मिलेर नयाँ सरकार: कांग्रेस नेता साउद
काठमाडाैँ । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको छ।
सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केसँगै अब कांग्रेसले नयाँ सरकार गठनका लागि एमाले बाहेकका शक्तिसँग सहकार्य गर्ने भएको हो।
अदालतकाे फैसलासँगै १२१ सिट रहेकाे नेकपा एमाले पहिलाे, ६३ सिट रहेकाे कांग्रेस दाेस्राे र ५३ सिट रहेकाे माओवादी केन्द्र तेस्राे हैसियतमा पुगेका छन्। ३४ सिटसहित जसपा चाैथाे हैसियतमा छ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउदले ओली नेतृत्वकाे सरकारलाई बिदा गर्दै एमाले बाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य गर्ने बताए।
नयाँ सरकारका लागि दुई ठूला दल एमाले र कांग्रेसकाे सहकार्य हुने सम्भावना निकै कम रहेकाे उनले बताए।
‘या त अर्ली इलेक्सनमा जाने गरी सर्वदलीय सरकार गठन हुनुपर्याे, हैन भने एमालेबाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार बनाउने सम्भावना धेरै छ’, साउदले भने।
यसअघि नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि देउवाले नेकपा नफुट्दासम्म त्यसकाे सम्भावना नरहेकाे बताउँदै आएका थिए।
सर्वाेच्चकाे आइतबारकाे फैसलापछि नेकपा एकीकरण बदर भएसँगै कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य सुरु गरेकाे हाे।
अलग पार्टी भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमाले अध्यक्ष केपी ओली नेतृत्वकाे सरकार अल्पमतमा पर्नेछ। त्यसपछि प्रधानमन्त्रीले सदनमा विश्वासकाे मत लिनुपर्छ।
सरकारमा रहन १३८ सांसदकाे समर्थन चाहिने हुँदा माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासकाे मत जित्न ओलीलाई थप १८ सांसद आवश्यक पर्छन्। एमालेका १२१ सांसद मध्ये एक जनाकाे निधन भइसकेकाे छ।
माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिनेबारे निर्णय गरिसकेकाे छैन।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












