एमाले बाहेकका शक्तिसँग मिलेर नयाँ सरकार: कांग्रेस नेता साउद
काठमाडाैँ । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिदा गरेर आफ्नै पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको गृहकार्य सुरु गरेको छ।
सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केसँगै अब कांग्रेसले नयाँ सरकार गठनका लागि एमाले बाहेकका शक्तिसँग सहकार्य गर्ने भएको हो।
अदालतकाे फैसलासँगै १२१ सिट रहेकाे नेकपा एमाले पहिलाे, ६३ सिट रहेकाे कांग्रेस दाेस्राे र ५३ सिट रहेकाे माओवादी केन्द्र तेस्राे हैसियतमा पुगेका छन्। ३४ सिटसहित जसपा चाैथाे हैसियतमा छ।
कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट नेता एनपी साउदले ओली नेतृत्वकाे सरकारलाई बिदा गर्दै एमाले बाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य गर्ने बताए।
नयाँ सरकारका लागि दुई ठूला दल एमाले र कांग्रेसकाे सहकार्य हुने सम्भावना निकै कम रहेकाे उनले बताए।
‘या त अर्ली इलेक्सनमा जाने गरी सर्वदलीय सरकार गठन हुनुपर्याे, हैन भने एमालेबाहेकका शक्तिसँग मिलेर कांग्रेसले नयाँ सरकार बनाउने सम्भावना धेरै छ’, साउदले भने।
यसअघि नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि देउवाले नेकपा नफुट्दासम्म त्यसकाे सम्भावना नरहेकाे बताउँदै आएका थिए।
सर्वाेच्चकाे आइतबारकाे फैसलापछि नेकपा एकीकरण बदर भएसँगै कांग्रेसले नयाँ सरकार गठनकाे गृहकार्य सुरु गरेकाे हाे।
अलग पार्टी भएसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिए एमाले अध्यक्ष केपी ओली नेतृत्वकाे सरकार अल्पमतमा पर्नेछ। त्यसपछि प्रधानमन्त्रीले सदनमा विश्वासकाे मत लिनुपर्छ।
सरकारमा रहन १३८ सांसदकाे समर्थन चाहिने हुँदा माओवादी केन्द्रले समर्थन फिर्ता लिए विश्वासकाे मत जित्न ओलीलाई थप १८ सांसद आवश्यक पर्छन्। एमालेका १२१ सांसद मध्ये एक जनाकाे निधन भइसकेकाे छ।
माओवादी केन्द्रले सरकारलाई दिएकाे समर्थन फिर्ता लिनेबारे निर्णय गरिसकेकाे छैन।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












