माओवादीमा फर्कने सम्भावना न्यून : लेखराज भट्ट
काठमाडौँ । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून रहेको बताएका छन् ।
माओवादी केन्द्रका प्रत्यक्ष निर्वाचित सांसद समेत रहेका मन्त्री भट्टले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोल्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।
तपाईंको सांसद पद गएपनि एमालेमै रहनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, ‘समर्थन फिर्ता लिएपनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पछि पनि छलफल गर्दै छौं के हुन्छ । कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकाल्छौं । ‘
उनले एमाले र माओवादी पार्टी ब्युँतिएपछि नयाँ परिस्थितीसँग कसरी जाने भन्नेमा गृहकार्य गरिरहेको बताए । ‘पार्टी एकताको सम्भावनाहरुका बारेमा पनि छलफल भइरहेको छ,’ उनले भने ।
मन्त्री भट्ट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ४ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी ओली पक्षमा खुलेका थिए ।
Comments
अरु समाचार
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...
-
तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन पूर्वराष्ट्रपति भण्डारीको प्रधानमन्त्री कार्कीलाई आग्रह
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले निर्वाचन गर्न आग्रह गरेकी छन्...
-
प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सुरु
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। अख्तियार...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !
काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बि.स.२०५८...
-
‘अब फेरि हाहुकै भरमा सरकार बन्दैन, निर्वाचन पछि एमालेकै बन्छ’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताएका छन् । शनिबार एमाले...
-
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक तर्फको कार्यक्रम आजदेखि सुरु !
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक...












